Erani Mahal
पन्थी परिवारद्वारा घरभाडा छुट गर्ने घाेषणा
475313_408841142475429_843725042_o

पाल्पा – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनलाई मध्यनजर गर्दै पछिल्लो समय मानवीय सहायता गर्ने मानिसको संख्या बढ्दो छ । यसै शिलशिलामा पाल्पा माथागढी गाउँपालिका वडा नं. २ का एक युवा दम्पत्तिले घरभाडा छुट गर्ने घोषणा गर्नुभएको छ ।

माथागढी–२, रुप्से निवासी नवराज पन्थी र उहाँकी श्रीमती भगवतीले आफ्नो घरमा बस्नेलाई चैत महिनाको भाडा छुट गर्ने घोषणा गर्नुभएको हो । पन्थीले आफ्नो फेसबुक आइडीबाट घरभाडा छुटको घोषणा गर्दै लेख्नुभएको छ, कोरोना नियन्त्रण गर्न लकडाउनले पार्ने प्रभाव नजिकबाट चियाईरहेकोछु त्यसैले हालै नेपाल सरकारले घर भाडा छुट दिन गरेको आग्रहलाई समर्थन गर्दै हाम्रो घरमा ४ कोठामा बस्नु हुने दाजुभाई दिदिबहिनीहरुलाई र एक सटरमा सन्चालित सहकारीलाई चैत महिनाको घर भाडा छुट गर्ने निर्णय गरेको छु ।

आफू विदेशी भूमि कुवेतमा रहेपनि जन्मभूमिकाे अथाह माया रहेको र कुबेलतमा समेत कोरोनाको त्रास कायमै रहेकाले सचेत रहेको उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले याे संकटकाे बेला सबैले हातेमालाे र सहकार्य गरेर काेराेनाकाे संकटलाइ पार गर्न सकिने बताउनुभएकाे छ । एक महिनाकाे घरभाडा छुटले भाडामा बस्नेलाइ केही न केही रूपमा राहत पुग्ने पन्थीकाे भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update