Erani Mahal
कुमारी बैंकले निरन्तर सेवा दिने
kum1

चुरामणी तिमिल्सिना, रिडी - कुमारी बैंक रिडी शाखाले आफ्ना ग्राहकलाइ सुबिधा दिन नयाँ वर्ष र लकडाउन भएको समयमा पनि बैकिङ् तथा एटीएम सेवा दैनिक सञ्चालन ल्याउने भएकाे छ । कुमारी बैक रिडी शाखाका प्रबन्धक भीष्म ज्ञवालीले ग्राहकलाइ सेवा दिन लकडाउन र नयाँ वर्षकाे बेलामा पनि बैंकले निरन्तर सेवा दिने जानकारी दिनुभयाे ।

रिडी बजारमा हालसम्म ८ वटा बैक सन्चालनमा रहेका छन् । २०६४ सालदेखि सुरू भएकाे बैकले रिडीमा एटिएम सेवा संचालनमा ल्याएपछि यस क्षेत्रका ग्राहकलाइ सेवा लिन सहज भएकाे छ । एटिएमले गुल्मी, स्याङ्जा, पाल्पा र सडकमा यात्रा गर्ने ग्राहकले सेवा पाउन सहज भएकाे स्थानीय व्यापारी जीवन कुमार कसजुले बताउनुभयाे ।

कुमारी बैंकले हाल शाखारहित सेवा संचालन गर्दा समेत यस क्षेत्रका ग्राहकलाइ सेवा लिन सहज भएकाे छ । गुल्मीकाे सत्यवती गाउँपालिकाकाे वार्डन ४ लिम्घा, वार्ड न २ ठूलोलुम्पेकमा शाखा रहित बैकिङ सेवा संचालन भएका छन् । यस्तै छत्रकाेट गाउँपालिका वार्ड न ४ अगाहा र पाल्पाको रैनादेबी छहरा गाउँपालिकाको ग्रामीण बस्तीमा सेवादिइरहेको प्रबन्धक ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update