Erani Mahal
पूर्वखोलामा  दुइ सय पचास परिवारलाई राहत वितरण
76

पाल्पा - पूर्वखोला गाउँपालिकाले २ सय ५० गरिव तथा विपन्न परिवार राहत वितरण गरेको छ । घरमा आम्दानीको स्रोत कम रहेको र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई सम्बन्धित वडा कार्यलयको सिफारिसमा राहत वितरण गरेको गाउँपालिका अध्यक्ष नूनबहादुर थापाले बताउनुभयो । उहाँले ३ दिन भित्र सबै वडामा बितरण गरेर सकिने बताउनुभयो ।

पूर्वखोलाको वडा नम्बर १ मा ८३ घर, वडा न २ जल्पा ४३ घर, वडा न ३ रिङ्नेरह ४९ घर परिवार वडा न ४ देविनगर ४९ घरपरिवार विरकोट २१ घर परिवार हेक्लाङ ५ घरपरिवार गरि जम्मा २ सय ५० घर परिवारलाइ वितरण गर्ने पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाइले बताउनुभयो ।

२ जनासम्मको परिवारलाई चामल १५ केजी , दाल १.५ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन, त्यसैगरी ३-४ जना सम्मको परिवारलाइ चामल २० केजि ५-६ जनाको परिवारलाइ २५ केजि र ७ वा ७ भन्दा माथिको परिवारलाई चामल ३० केजी, दाल ३ केजी, तेल २ केजी, नुन २ केजी, साबुन, राहत वितरण गरेको छ। बितरण गर्ने काम वडाबाट गरियको प्रमुख प्रशासकीय अधिकृत पछाइले बताउनुभयो ।

वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले राहात बितरणमा सर्वपक्ष सर्वदलियको प्रतिनिधित्व गरेर गरिव घरपरिवार छनोट गरेर वितरण गरेको बताउनुभयो । रिङ्नेरहले राहातको सवै घरपरिवारलाइ वितरण गरेको समेत बताउनुभयो । त्यसतै अन्य वडा अरुले पनि वितरण गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update