Erani Mahal
तिनाउमा काेराेना सम्बन्धी सचेतना कार्यक्रम
tt

पाल्पा - तिनाउकाे विभिन्न स्थानमा काेराेना भाइरसबाट बच्नका लागि सचेतना कार्यक्रम चलिरहेकाे छ । सचेतना कार्यक्रममा तिनाउका प्रवक्ता तथा वडा नं२ का वडा अध्यक्ष राजेश श्रेष्ठ र वडा नं १ का वडा सदस्य अमर तरामु र दाेभान प्रहरी चाैकीका ईन्चार्ज बाल बहादुर घर्ती गाउँ-गाउँमा पुग्नुभएकाे छ ।

तिनाउ गाउँ पालिकाकाे वडा नं २ का गणेशटाेल, नुवाकाेट हरियाली गाउँ हुँदै वडा नं १ मा रामपाटा, झिंगामारा र ठूलीउदाङ लगायतका स्थानमा काेराेनाे सम्वन्धी सचेतना कार्यक्रम गरिएकाे छ ।

का्र्यक्रममा दाेभान प्रहरी चाैकी ईन्चार्ज घर्तीले बाहिरबाट पसलमा अपरिचित मानिसहरु आउने जाने गरेकाे कुरा सुचना पाएकाे हुँदा स्थानीयहरु जागरुक भई सरकारले अघि सारेकाे लकडाउनलाई घरमै बसेर सहयाेग गर्न अपिल गर्नुभयाे।

तिनाउका प्रवक्ता श्रेष्ठले याे दुखकाे वेला तपाईंहरुकाे अवस्था बुझ्न जनप्रतिनिधि घरघरमा आएकाे बताउनुभयाे । उहाँले केही अप्ठ्यारा र समस्याहरु भए बताउन अनुराेध गर्दै तिनाउ सरकार जनताकाे स्वास्थ्यलाइ ध्यानमा राखेर काम गर्न तयार रहेकाे बताउनुभयाे ।

साे अवसरमा तिनाउकै दुर्गम ठाउँ ठूली उदाङका ज्ञान बहादुर खाम्चा, मान बहादुर सुर्यबंशी र कर्ण बहादुर तरामुले सामाजिक दुरी कायम गरेर काेराेनालाइ पराजित गर्ने बताउनुभयाे । वडा सदस्य तरामुले काेराेनाकाे त्रास रहेका बेला प्रहरी र गाउँपालिकाले जनतालाइ सुरक्षा दिएकाेमा खुसी व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update