Erani Mahal
बन्दीपाेखराका जेष्ठ नागरिककाे घरमै बृद्धभत्ता
e

पाल्पा - तानसेन ११ बन्दीपाेखराका जेष्ठ नागरिकले घरमै भत्ता पाउँदा खुसी भएका छन् । नगरपालिका वडा कार्यालयले घरघरमा वृद्धा भत्ता वितरण गरेपछि यहाँका जेष्ठ नागरिक खुसी भएका हुन् ।

अहिले काेभिड १९ अर्थात काेराना भाइरसकाे जाेखिम बढेकाेले घरघरमा नै गएर भत्ता वितरण गरेकाे वडा अध्यक्ष दामाेदर प्रसाद घिमिरेले बताउनुभयाे । तानसेन नगरपालिका ११ ले यस अघि बैंक मार्फत सबै वृद्ध वृद्धालाई भत्ता दिने निर्णय गरेपनि अहिले काेराेनाकाे संक्रमण बढेकाे र वृद्ध वृद्धालाई समस्या हुने भएकाले घरघरमै वृद्धा भत्ता वितरण गरेकाे वडा अध्यक्ष घिमिरेले बताउनुभयाे ।

वडाका अति विपन्न, अपांग तथा दैनिक ज्यालादारी गरी दैनिकी चलाउनेहरूकाे लागि राहत वितरण गर्न तयारी गरेकाे अध्यक्ष घिमिरेले बताउनुभयाे । बन्दीपाेखराका वृद्ध वृद्धालाई करिब ४ लाख ७८ हजार रकम घरघरमा गएर वितरण गरेकाे वडा सदस्य हाेम प्रसाद ठडराईले बताउनुभयाे ।

स्थानीय मन ठडराई काेराेनाकाे संक्रमणले दैनिक जीवन चलाउन गाह्रो भएकाेमा घरघरमा वृद्धा भत्ता पाउँदा खुशी भएको बताउनुभयाे । त्यस्तै मन कार्कीले अहिले यस्तो विषम परिस्थितिमा जनप्रतिनिधिहरूले घरघरमा वृद्धा प्रदान गरेकाेमा धन्यवाद दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update