Erani Mahal
'समुदायको साथपाए संस्था सफल हुन्छ भन्ने प्रमाण हो रेडियो मदनपोखरा'
IMG_4759-1

पाल्पा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणलाई जतिथोरै संख्यामा सीमित गर्न सक्यो नेपालले महामारीको त्यति नै मात्रामा लडाईं जितेको हुने बताउनु भएको छ ।
सामुदायिक रेडियो मदनपोखराको बाइसौं वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ उहाँले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै अबजति संख्या सीमित गर्न सक्यौ, त्यति नै छिटो भोलिको नेपाललाई विकास दिन सक्ने बताउनुभएको हो । मन्त्री ज्ञवालीले कोरोना महामारीले सिंगो मानव जाति संकटमा परेको, औषधी उपचार नहुने र अत्यन्त छिटो संक्रमण फैलने समस्या सामना गरिरहेको बताउनुभयो ।


कोरोना विरुद्धको लडाईमा नेपालले जित्न सरकारले गरेको लकडाउनको आदेशलाई इमान्दारी पूर्वक पालना गर्न उहाँले आम नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘एउटा वडाबाट अर्को वडामा, एउटा पालिकाबाट अर्को पालिकामा, एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन बन्द गरिएको छ । यो बेला घरभित्र बसिदिनुहोस्, लकडाउनको अधिकतम सदुपयोग गर्नुहोस्’ भन्नुभयो । उहाँले लकडाउनको अवधिमा पनि घर परिवार मिलेर घरकाकाम, खेतीपाती गर्न गर्न मिल्छ । बाहिरका मान्छेसँग टाढा रहेर मात्र दैनन्दिन जीवन चलाउन पर्छ भन्नुयभो ।


सामुदायिक रेडियो मदनपोखराले ग्रामीण समुदायसँग सञ्चार माध्यम जोड्न र समुदायको आवाज नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले समुदायको साथ समर्थन रह्यो भने सामुदायिक संस्था कसरी सफल हुन्छन् भन्ने मदनपोखरा एउटा प्रमाण हो भन्नुभयो । जनताको सुसूचित हुने हकलाई निष्ठापूर्वक कार्यान्वयन गर्न र समाचार र मनोरञ्जनका अतिरिक्त सार्वजनिक मुद्धाहरुमा सारेमले दिएको स्थानको प्रशंसा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले आगामी दिनमा पनि विश्वासिलो र भरपर्दो माध्यमबन्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।


स्थापना दिवसको अवसरमा सामुदायिक रेडियो मदनपोखराले विश्वभरी महामारी फैलाएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिने बताएको छ । सारेमले आज रेडियोमा कोरोना संक्रमण र नागरिक स्वास्थ्य सुरक्षा विषयक परिसंवाद कार्यक्रम सञ्चालन गरेको छ ।


प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले ग्रामीण क्षेत्रका जनतामा सूचनाको पहुँच पु¥याएर सुसूचित, शिक्षित र दीक्षित बनाउने जस्तो महत्वपूर्ण कार्य गरेकोमा सामुदायिक रेडियो मदनपोखरालाई बधाई तथा शुभकामना दिनुभयो । मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएको र मदनपोखरा जस्ता सञ्चार संस्थाले त्यस्ता चुनौतीको सामना गर्न सक्ने विश्वास प्रदेशसभा सदस्य आचार्य व्यक्त गर्नुभयो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले गरेर खाने श्रमजीवी वर्गको पनि सञ्चार माध्यममा पहुँच छ भन्ने मान्यता रेडियो मदनपोखराले स्थापित गरेको बताउनुभयो ।


कोरोना भाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेको समयमा पनि महामारीकै विषयमा छलफल चलाएर नागरिकलाई जानकारी दिएकोमा नगरपालिका प्रमुख शाहीले रेडियोको प्रशंसा गर्नुभयो । युनाइटेड मिसन अस्पतालका जनरल प्राक्टिसनर डा. लेस डोरननले कोरोना संक्रमित नेपालमा थोरै रहेको र जाँच पनि कम नै भएको बताउनुभयो । डा. डोरननले बाहिरबाट आएका र घर बाहिरका व्यक्तिसंग सम्पर्क नभएका एकै परिवारका सदस्यसंग डराउनु नपर्ने बताउनुभयो ।


दुई दशकदेखि आफू नेपालमै रहेको उल्लेख गर्दै डा. डोरननले भन्नुभयो, ‘स्वास्थ्य सल्लाह, स्वास्थ्य सचेतना र स्वास्थ्य प्रति नागरिकको जागरुकता बढाउन सामुदायिक रेडियो मदनपोखराले खेलको भूमिकाको सबैले कदर गर्नुपर्ने बताउनुभयो । कोरोना संक्रमणको सम्भावना, रोकथाम र उपचारका लागि आवश्यक पूर्व तयारी र राहत वितरण लगायतका विषयमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र युनाइटेड मिसन अस्पतालका डा. लेस डोरननसंग करिव एक घण्टा छलफल रेडियोले लाइभ प्रसारण गरेको थियो ।


समुदायलाई सूचनाको मालिक बनाऔँ भन्ने अभियानका २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको थियो । काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक २०५५ साल पुस १८ गते रेडियो सञ्चालनको इजाजत पाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन मार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ । सामुदायिक रेडियोको विशेषता भनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमा चल्ने रेडियो हो भन्ने दृष्टान्त दिन मदनपोखरा सफल भएको छ ।


बाइसौँ वर्ष प्रवेशका अवसरमा शुभकामना वक्तव्य दिदैँ सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निर्भय र निर्भिकताका साथ रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउन अध्यक्ष जीसीको भनाई थियो । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर राना, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेललगायत नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीहरुले रेडियोको दीगोपनको कामना गर्दै शुभकामना दिएका छन् ।


सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले लकडाउनको अवधिमा सुरक्षित रहेर सूचना प्रवाहको कार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार प्रविधिमा आएको इन्टरनेट, टेलिफोन, सामाजिक सञ्जालको उपयोग गरेर नागरिकलाई कोरोनका बारेमा सही सूचना दिनु हाम्रो कत्र्तव्य हो ।’ स्थापना कालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने कामआज जस्तो सजिलो थिएन । तर पनि पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलन गर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारण योग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो । लकडाउनको पालना गर्दै सारेमले आइतबार दिनभर स्टुडियोबाटै विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update