Erani Mahal
पूर्वखाेलाका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे गरियाे
444

पाल्पा - पूर्वखाेला गाउँपालिकाले बजार क्षेत्रमा काेराेना भाइरसकाे संक्रमण राेकन डिसइन्फेक्सन स्प्रे छर्ने काम गरेकाे छ । नोबेल कोरोना भाइरस(कोभिड१९)को सम्भावित महामारी हुन नदिन गाउँपालिकाले रिङनेरह, बीर्ता बजार देखि जल्पाकाे लामेसम्म डिसइन्फेक्सन छर्ने काम गरेकाे हाे ।

मानिसकाे बढी आवतजावत हुने ठाउँमा काेराेनाकाे जोखिम न्यूनीकरण गर्नका लागि विषादी छर्कने काम गरेकाे स्वास्थ्य शाखा प्रमुख माेहन ढकालले बताउनुभयाे । डिसइन्फेक्सन स्प्रे एक प्रकारको किट्नासक बिषादी हो । यसले छर्किएको ठाउँमा बिभिन्न ब्याक्टेरियालाइ मारेर स्यनिटाइज गर्ने काम गर्छ ।

अहिले देशका बिभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्केर स्यनिटाइजेसनको काम गर्नका लागि स्थानीय तहले अग्रसरता देखाएका छन । यसअघि तानसेनका विभिन्न स्थानमा स्प्रे गर्ने काम गरिएकाे थियाे भने रामपुर र बगनासकालीमा समेत डिसइन्फेक्सन स्प्रे गर्ने काम भएकाे छ ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update