Erani Mahal
पाल्पाबाट स्वाब परीक्षण गर्ने एक जना बिरामी थपियाे
1585316796corona-test-lab-1

पाल्पा – लुम्विनी मेडिकल कलेजमा उपचाररत रहनुभएका एक जना बृद्धाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको छ । ज्वरो र रुघाखोकीका बिरामी रहनुभएका ती ६५ वर्षिया बृद्ध महिलाको कोरोना संक्रमण पत्ता लगाउन स्वाब परीक्षणका लागि आइबार राष्ट्रिय प्रयोगशाखा काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।


पाल्पाबाट शनिबार तीन र आइतबार एक गरेर हालसम्म ४ जनाको स्वाब परीक्षण गर्न काठमाडाैँ पठाइएको उहाँले जानकारी दिनुभयो । लुम्विनी मेडिकल कलेजका निर्देशक डा. राजु शाक्यले तिनाउ गाउँपालिकाका एक बृद्धको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको पुष्टि गर्नुभयो ।


यसअघि शनिबार पाल्पा अस्पतालकाे आइसाेलेसनमा उपचाररत बगनासकालीका एक युवा, लुम्विनी मेडिकल कलेज प्रभासमा उपचाररत माथागढीका दुई जनाको स्वाब परीक्षण गर्न काठमाडौँ पठाइएको थियाे । कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षण गर्नुपरेको हो । परीक्षणपछि कोरोना संक्रमित भएको वा नभएको जानकारी हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update