Erani Mahal
पाल्पा व्यापार संघद्वारा तीन हजार थान मास्क वितरण
FB_IMG_1585731740052-750x563

तानसेन - पाल्पा व्यापार संघले जिल्लाका विभिन्न संघसंस्थालाइ सर्जिकल मास्क वितरण गरेको छ । जिल्लाका सरोकारवाला निकाय र सर्वसाधारलाई संघले ३ हजार थान सर्जिकल मास्क वितरण गरेको जनाएकाे छ ।

पाल्पा अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षा निकायका चारवटा कार्यालयसहित दशवटा स्थानीय तह र कारागारलाइ मास्क वितरण गरेको संघका अध्यक्ष चिरन्जीवि पाेखरेलले जानकारी दिनुभयाे । संस्थागत एकसय थानका दरले मास्क वितरण गरिएको संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

जिल्लामा केही दिन पहिलेसम्म मास्कको अभाव देखिएको छ । पाल्पा व्यापार संघको आर्थिक लगानी र चेम्बर अफ कमर्श केन्द्रिय महासंघ र प्रदेश ५ अन्तर्गतको समितिको समन्वयमा सर्जिकल मास्क जिल्लामा ल्याइएको थियो । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने कर्मचारी, जनप्रतिनिधि र केहि सर्वसाधारणलाई मास्क वितरण गरिएको उहाँले बताउनुभयाे ।

सर्जिकल मास्कले ठूलो राहत मिलेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो । ‘भरपर्दो मास्कको अभावले स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार गर्नु परेको अवस्था थियो’ उहाँले भन्नुभयो ‘बजारमा किनेर पनि नपाइएको सर्जिकल मास्क उपलब्ध गराएको संघलाई धन्यवाद दिन चाहन्छु ।’

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले यहाँका कर्मचारी र जनप्रतिनिधिका लागि उपलब्ध गराएको मास्क आम जनताको पक्षमा प्रयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update