Erani Mahal
निस्दीले १ सय ५ बेड क्षमताकाे क्वारेन्टाइन बनाउँदै
NISDI

पाल्पा - निस्दी गाउँपालिका पाल्पाले कोरोना रोग जोखिम न्यूनीकरण तथा रोकथामका लागि १ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । निस्दी गाउँपालिका पाल्पाको मंगलबार बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र ज्याला मजदुरी गरि गुजारा चलाउनेहरुलाई प्रतिव्यक्ति १ दिनको १ केजीका दरले ५ दिनको लागि चामल लगायतका अन्य खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आवस्यकता आधारमा सातै वटा वडामा कुल १ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने र निस्दीमा खाद्यान्न अभाव हुन नदिनको लागि व्यापारीहरुलाई खाद्यान्न ढुवानीकोलागि सहजीकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो ।

हाल निस्दीमा ८४ जना व्यक्तिहरु भारत तथा अन्य मुलुकबाट आएकोमा सबैको स्वास्थ परिक्षण गरी आ-आफ्नै घरमा सुरक्षित तरिकाले बसेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीमा जनप्रतिनिधि , कर्मचारी , स्वास्थकर्मी र प्रहरीहरु मिलेर दिनहुुँ अनुगमन तथा प्रचारप्रसारलाई तिब्रता दिएको छ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update