Erani Mahal
'महाविपत्तिमा कमाउने धन्दा नगराैँ'
bbbb-1

विपती र महामारीको बेला करोडौंको भ्रष्टाचार संसारमा ठूला- ठूला घटना र दुर्घटनाहरु हुँदै आएका छ्न् । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो देश नेपाल र हामी नेपाली लाई प्रभाव पारेकै छ । प्राकृतिक विपत्ति होस या कृतिम मानव रचित घटना त्यसले बिश्वब्यापी रुपमा नकारात्मक असर परेको छ । यसले मानव जीवन, स्वास्थ, वातावरण, व्यापार, रोजगार देखि लिएर बिश्वको अर्थतन्त्र लाई समेत प्रभावित पारेको देखिन्छ। बिश्वमा बाढिपहिरो, डडेलो, सुनामी, भुकम्प लगाएत विभिन्न रोगहरुले आक्रान्त बनेको छ । केही महिना पहिले अस्ट्रेलियामा डडेलोको कारण त्यहाको जनजीवन र बन्यजन्तुको अबस्था नाजुक भएको थियो महिनौ सम्म लागेको आगो अहिले निभेको समयमा फेरि चाइना बाट सुरुवात भएको महामारी कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । अहिले सम्म २०२ देश र २ ओटा पानी जहाज मा यो संक्रमण देखिएको छ। बिश्वमा अहिले सम्म करिब साढे सात लाख जना संक्रमित भएका छ्न, भने करिब ४२ हजार मान्छेको मृत्यु भएको बिभिन्न समाचारले जनाएका छ्न् ।

बिश्वका शक्तिशाली राष्ट्र अमेरिका मा सबै भन्दा बढी संक्रमित देखिएको छ भने इटली मा सबै भन्दा धेरै मान्छेले ज्यान गुमाएका छन र यसको संक्रमण दिनहु अधिकतम रुपमा गुणात्मक भैइ बढीरहेको छ। नेपालमा विभिन्न कालखण्डमा विभिन्न खालका महामारीका कारण धेरै धनजनको क्षेती भएको छ अहिले बिश्वब्यापी रुपमा आक्रान्त पारेको नोबल कोरोना भाइरसका कारण नेपालमा पनि भयावहको स्थिति सिर्जना भएको छ । अहिले सम्म नेपालमा ५ जनामा सक्रमण देखिएको छ भने बिदेशबाट आउने र छिमेकी मुलुक भारत बाट भित्रीएका लाखौ नेपालीमा संक्रमणको सम्भावना अत्याधिक देखिन्छ यस संक्रमण लाई रोक्न राज्यले थप एक हप्ताह लक डाउन गरी २५ गते राती १२ बजे सम्मको लागि साबधानी अपनाउन र सरकारले जाहेर गरेको सुचना र निर्देशन लाई पालना गरी सरकारलाई सहयोग गर्दै प्रत्येक जनतालाई सुरक्षित हुन अनुरोध गरेको छ । तर सरकारले देश लक डाउन गर्ने विषय, सिमा सिल गर्ने विषय, राष्ट्रिय अन्तररास्ट्रिय उडानमा रोक लगाउने विषय लाइ समय मै निर्णय लिन नसक्दा भयावहको सिर्जना बढी पक्कै पनि भएकै हो ।

२०७२ बैशाख १२ गतेका दिन नेपालमा गोरखाको बार्पाक केन्द्रबिन्दु बनाएर भुकम्प गयो त्यतिबेला गोरखा लगायत काठमाडौमा ठूलो धनजनको क्षति राज्यले बेहोर्नु पर्यो । भुकम्प गए पश्चात विभिन्न देशहरुले भोलिन्टेयरका रुपमा तत्काल जनशक्ती र आबस्यक सामाग्रीहरु उपलब्ध गराएका थिए र अरबौ रुपैया पैसा सहयोग पुनर्निर्माणका लागि वैदेशिक नियोगहरुले सहयोग गरेका थिए । त्यतिबेला का तत्कालीन प्रधानमन्त्री नेपाली काङ्ग्रेसका सभापती सुशील कोइराला थिए । त्यस बखत नेपाली काङ्ग्रेस र तत्कालिन माओबादी केन्द्रको सरकार थियो देशमा भयावहको अबस्था सिर्जना भएको थियो । कयौले ज्यान गुमाएका थिए भने कयौ घाइते

अबस्थामा थिए उद्दार कार्य चाइना भारत लगाएत अन्य देश संग सहकार्य गर्दै चलिरहेको थियो । हजारौ घरहरु भत्किएका थिए भने हजारौ जनताहरु घरबार बिहिन भएका थिए पालमा खुला आकास मुनि भोक्क भोकै बस्न बध्य थिए । देश शोकाकुल अवस्थामा थियो त्यतिबेला कुनै नेताका, सभासदका, मन्त्रीका घरहरु भत्किएनन कोही घाइते पनि भएनन्, कसैको मृत्यु पनि भएन तर पार्लामेन्टमा ठूला ठूला बहस गर्ने सबै सांसदहरुले जनताका समस्यालाई समाधान नगरी जनताका दुख लाई लत्याएर सांसद हलबाटै त्रिपाल लिएर हिड्ने जस्तो घिन लाग्दो ब्यबहर देखाए ।

यो पनि एउटा नैतिक भ्रष्टाचार अन्तरगत पर्छ त्यतिबेलाका तत्कालिन अर्थमन्त्री डा. रामसरण महतले जस्ता पाता खरिद गर्दा करोडौं रुपैया पैसा भ्रस्टाचार गरेर आफ्नो परिचय स्थापित गरेका थिए र पछि अक्तियारले जस्ता पाता कान्डमा पक्राउ पुर्जी समेत जाहेर गर्यो तर डाक्टर साब अस्वास्थको बहाना बनाएर भागिरहे तर कुनै पनि कारबाही भएन बडो राष्ट्रबादी भाषण गर्ने सामाजवाद र लोकतन्त्र को बहस गर्ने जनताका हक र हितका लागि आवाज उठाउने नेता देश शोकमा डुब्दा करोडौं पैसा भ्रष्टाचार गर्न सक्ने आट र साहस देखेर अचम्म लाग्छ । त्यस्ता भ्रष्टाचारी अराजक बिदेशिका दलालहरु लाई जनताले बहिस्कार गर्न जरुरी छ।

अहिलेको नोबल कोरोना त्यति बेलाको भुकम्प भन्दा भयावहको अबस्था छ। राज्यको नागरिक प्रती आम जनता प्रती जिम्मेवारी कर्तब्य र अभिभावकत्व हुन्छ। बिदेशी मुलुक मा यस भाइरसका कारण हजारौ मान्छे मर्दै गर्दा आफ्ना जनता लाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा सरकारले गंभिर भएर सोच्नु पर्ने हो तर अहिले सम्म त्यस्तो देखिएको छैन सरकारका केही कामहरू स्वागतयोग्य छ्न तर समयमै निर्णय लिन नसक्नु समयमै साबधानी अपनाउन र समयमै गृहकार्य गर्न नसक्नु सरकार को मुल कमजोरी हो ।

सरकार लगायत स्थानीय तहहरुले क्वारेन्टाइन आइसोलेसन र जनचेतनाको कार्यक्रम सन्चालन गरे पनि त्यो पूर्ण छैन, क्वारेन्टाइन बनाइएको छ, तर त्यहाँ हुनुपर्ने अत्यावश्यक सामान र दक्ष जनशक्तीको कुनै ब्यबस्थापन नै छैन । आइसोलेसन बनाइएको छ त्यहा पनि कुनै आबस्यक सर सामन बिनानै घोषणा गरिएको छ । अरु त कुरा छाडौ सामन्य ज्वरो नाप्ने प्रयाप्त थर्मोमिटर छैनन । टेम्पेचर डिडेक्टर नै छैन ।

स्वास्थकर्मीलाई कुनै सुरक्षित अति आवश्यक सामन लक डाउन भएको एक हप्तासम्म पनि सरकारले उपलब्ध गराउन सकेको छैन । यसलाइ दुरगामी चेतना भएको सरकार भन्ने कि भ्रष्ट नेताहरुको झुन्डको सरकार भनेर भन्ने ? मुल प्रश्न आएको छ। नोबल कोरोना भाइरस को भयावह स्थिति सिर्जना भएपछि चिनले नेपाललाई औषधि लगायत अत्यावश्यक सरसामानहरु उपलब्ध गराउन चिनियाँ दूतावास मार्फत लिस्ट माग्यो उक्त सामानको लिस्ट दिन पनि सरकारले ढिला सुस्ति गर्यो । नेपाल सरकार स्वास्थ मन्त्रालयले २३ गते औषधि सप्लायरहरु लाई बोलाइ टेन्डर आव्हान गर्ने सन्दर्भमा छलफल गर्यो तर उक्त छलफल फर्मालिटीको लागि मात्र थियो ५ दिन भित्र सामानहरु उपलब्ध गराउनुपर्ने सर्त व्यावसायीलाई सरकारले राख्यो तर कसैले पनि पाच दिन भित्र सामान उपलब्ध गराउन नसक्ने भए पछि सरकार आफै टेन्डर नै नगरिकन आफुखुसी चिनबाट सामान ल्याउने निर्णय गरि नेपाल वायुसेवा निगमको जहाज बाट भन्सार छुटमा सरकारले नै बिमानको भाडा तिर्ने गरि ल्यायो तर पाँच दिन भित्र जुन सर्त सप्लायरलाई सरकारले राखेको थियो त्यो पाँच दिन भित्र सरकार आफै पनि अत्यावश्यक सरसामन ल्याउन सकेन । "जब पर्यो राति तब बुढी ताति" उख्खान सरकारको चरितार्थ देखिन्छ।

चीनबाट जब सामान आयो त्यस पछि अधिकतम मुल्यमा सामनहरु खरिद गरिएको भन्ने कुरा प्रमाण सहित बाहिर आयो प्रती PCR कीट ८-१० डलरमा पाउने सरकारले ३८ डलर मा ५०००० पिस ल्याएको छ PCR कीट मै १५ करोडको अनियमिता भएको कुरा स्पष्ट छ त्यस्तै गरि N90 माक्सको २५० रुपया रेटदर लाई ८३३ रुपयामा प्रती पिस किनिएको छ चस्मा, infrarate thermometer, PPE लगाएत अन्य सामनमा करोडौं बढिमा सम्झौता गरी सामन ल्यायो । अहिले चिन बाट आएको १५ टन सामानमा करिब ५० करोडको अनियमितता देखिन्छ बढी रकममा सम्झौता गरेर कमिसनको खेल खेलेको प्रष्ट हुन्छ। NRN का केन्द्रिय सदस्य व्यावसायि नवीन बिक यो विषयमा सरकारको नियत ठिक नभएको र यस्तो भयावह अबस्थामा पनि कम मुल्यको सामान लाई अधिकतम मूल्य हाल्नु दुर्भाग्यपूर्ण भएको बताउछ्न। स्वास्थ्य बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठको औषधी र मेसेनरी खरिद अनियमितताको विषयमा दिएको स्पष्टीकरण गैरजिम्मेवारीपुर्ण र अर्थहिन छ खरिद प्रक्रियामा "केही सामान लाई अधिकतम मुल्य हालिएको छ र केहीको कम मुल्यमा खरिद गरिएको छ" भनेर भनेका छ्न् ।

नेपाल सरकारको नुन खाएर १० ड्लर पर्ने कीट लाई ३८ डलरमा किन्ने अधिकार कस्ले दियो महानिर्देशक ज्यु लाइ? ५० औ करोड अधिकतम मुल्यमा खरिद समझौता गर्ने नियत के हो ? २५ माघमा टेन्डर अह्वान गरेर २ महिना सम्म फाइल किन थन्काएको १९ ओटा कोटेसन लाई किन बाहेस गरेको? स्वास्थ मन्त्री भानुभक्त ढकालले यो अनियमितता का विषयमा उत्तर दिन आबस्यक ठान्दिन भनेर भने यो विषयमा बोल्दिन भनेर पार पाइदैन जनताले छाक टारेर सरकार लाई सहयोग गरेका छ्न हामी लाई सत्य उत्तर चाहिन्छ कि घरमा पाहुना आएर उत्तर दिन नभ्याएको हो मन्त्री ज्यु ? दलालीहरु र कमिसन खोरको माध्यम बाट आएको सामानले बिरामीको उपचार त गर्ला तर भ्रष्टाचार लाई प्रोत्साहन अबस्य गरेको छ र अन्तरास्ट्रिय रुपमा नेपालीको इमान्दारीता, बाहादुरी र पहिचान लाई तुहाइदिएको छ फेरि पनि भुकम्पको बेला भएको जस्ता पाताको अनियमितता लाई सम्झाइदिएको छ।

विपतीको बेला एक भएर काम गर्नुको सट्टा विपतीलाई उत्सबको रुपमा लिएर कमिसनमा बिक्ने क्रमचारी राष्ट्रद्रोही हुन यसको जति सुकै निन्दा गरेपनी सकिदैन।कम्युनिस्टको दुइ तिहाइको सरकारमा ७० करोड घुस कान्ड आउनु बिपतका बेला ल्याइने अत्यावश्यक सामान खरिदमा देखिएको अनियमितताले राम्रो संकेत गरेको छैन । कम्युनिस्ट होइनन कमाउनिष्ट हुन र माओबाद र लेलिनबादलाई कमाउबाद र भ्रष्टबादको रुपमा प्रयोग गरिएको देखिन्छ। पदको र पाओरको दुरुपतोग गरेर रातारात धनी बन्ने र पुजिबादलाई प्रसय गर्ने छुट कसै लाई छैन । यस्ता खालका अनियमितता र भ्रष्टाचार शून्य हुनु पर्दछ गैर जिम्मेवारीपूर्ण काम गर्ने अनियमितता गर्ने भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्छ ।

तत्काल खरिद गरिएको औषधी र मेसेनरी खरिद प्रकरण लाई न्यायिक तवरबाट अबिलम्ब छनबिन हुनु जरुरी छ । दोषीमाथि हदै सम्मको कार्बाही आवश्यक छ । अन्तमा यो महामारीको विषम परिस्थितिमा सरोकार वाला निकायहरु स्वास्थ्य क्षेत्रका स्वास्थकर्मीहरु, राजनितिकर्मीहरु, पत्रकारहरु र सम्पुर्ण नेपालीहरु एकजुट भैइ आफ्नो-आफ्नो तर्फ बाट कर्तब्यपालन गर्न जरुरी छ।यो बेला पैसा कमाउने भ्रष्टाचार गर्ने अनियमितता गर्ने बेला होइन तसर्थ यो लकडाउनको समयमा घर मै बसेर सिर्जनशिल कार्य गरेर आफ्नो र अर्काको स्वास्थलाई मध्यनजर गरी सरकारको निर्देशन मान्न जरुरी छ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update