Erani Mahal
पूर्वखाेलाकाे सिलुवामा बन्याे ३० शैयाकाे क्वारेन्टाइन
90877459_302251894076668_5569484440062656512_n

पाल्पा - पूर्वखोला गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण गर्न ३० शैयाको कोरन्टाइन निर्माण गरेकाे छ । पूर्वखोला गाउँपालिका १ सिलुवामा ३० बेड्को क्वरनटाइन निर्माण गरेको गाउपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयाे ।

उहाँले पूर्वखोला-१ जनमार्ग माविमा अस्थायी कोरनराइन बनाइएकाे बताउनुभयाे । काेराेना प्रभावबाट बच्न र विदेशबाट फर्किएकालाइ राख्न क्वारेन्टाइन बनाइएकाे हाे । सरकारले गाउँपालिकामा ५० बेडकाे क्वारेन्टाइन बनाउन भनेकाे छ । विदेशबाट फर्किएका मानिसलाइ राख्नका लागि क्वारेन्टाइन बनाइएकाे र त्यहाँ खानपान, खानेपानी र स्वास्थ्य जाँचकाे व्यवस्था समेत गरिएकाे गाउँपालिकाका सूचना अधिकारी माेहन ढकालले जानकारी दिनुभयाे ।

काेराेना भाइरसकाे संक्रमण राेक्न विदेशबाट फर्किएकाकाे तथ्यांक संकलन गर्ने, उनीहरूकाे स्वास्थ्य परीक्षण गर्ने काम भइरहेकाे गाउँपालिकाले जनाएकाे छ । विश्वभर काेराेना भाइरसकाे संक्रमण फैलिएपछि विदेशबाट फर्किने मानिसकाे संख्या बढेकाे र उनीहरूलाइ १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य अवस्था हेर्ने गाउँपालिकाकाे याेजना छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update