Erani Mahal
कारोना संक्रमण रोक्न भोलीदेखि पाल्पाका नीजि क्लिनिक पनि बन्द !
clinic

पाल्पा– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रोक्न र भीडभाड हुन नदिन पाल्पाका नीजि क्लिनिकहरु सोमवारदेखी बन्द हुने भएको छ ।


नेपाल औषधी व्यवसायी संघ पाल्पाको आइतवार बसेको बैठकले विरामीबाट संक्रमण नसरोस र भीडभाड नहोस भनेर २१ गतेसम्मको लागि पाल्पाका सबै क्लिनिक, ओपिडि सेवा बन्द गर्ने निर्णय भएको जिल्ला अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँले इमरजेन्सी र औषधी पसल, फार्मेसीहरु भने खुल्ने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल, मिसन, प्रभासले समेत ओपिडि बन्द गर्ने निर्णय गरेकाले नीजि क्लिनिकका विरामी जाँच सेवा (क्लिनिक) समेत बन्द गर्ने र विरामीहरुलाई अन्य संक्रमण हुन बाट जोगिनको लागि यस्तो निर्णय गरिएको बताउनुभयो ।


सेनेटाइजर, माक्स र पञ्जा अभाव
पाल्पामा पछिल्लो समयमा कोरोना भाइरस संक्रमणबाट रोक्नको लागि प्रयोग गरिने सनेटाइजर, माक्स र मेडिकल पञ्जा समेत अभाव हुँदै गएको औषधी व्यवसायी संघ पाल्पा अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो । उहाँले पाल्पा आउने भनेको बुटवलको बजारबाट भएकोले उताबाटै आयात कम भएकाले जिल्लामा यि वस्तुहरुको अभाव बढ्दै गएको बताउनुभयो ।

उहाँले त्यहिपनि व्यवसायीले समन्वय गरेर समस्या समाधान तर्फ लागेको रानीमहललाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update