Erani Mahal
कोरोना संक्रमण रोक्न रामपुर तालपोखराको डुङ्गा बन्द
TAL-POKHARA-copy

पाल्पा– सरकारले उत्कृठ १ सय पर्यटकीय गन्त्यका रुपमा घोषणा गरेको रामपुरको तालपोखरामा डुंगा संचालनमा रोक लगाइएको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रोक्न र भीडभाड हुन नदिन समितिले एक सूचना जारी गर्दै तालमा संचालन हुँदै आइरहको डुंगा संचालनमा रोक लगाएको जनाएको छ ।


अध्यक्ष सागर प्रसाद देवकोटाद्वारा जारी सूचनामा भनिएको छ, कोभिन १९ को संक्रमणलाई ध्यानमा राखेर तालपोखरामा संचालित ढुंगा र सम्पूर्ण कार्यक्रमहरु आर्को सूचना जारी नहुँदासम्मको लागि बन्द गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update