Erani Mahal
पूर्वखोलाको वीरकोट स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान
pur

पाल्पा– पूर्वखोला गाउँपालिकामा रहेको वीरकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।
भारतीय दुतावासको सहयोगमा एम्बुलेन सहयोग गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार गाउँपालिका र अन्य जुनसुकै ठाउँमा बिरामी लैजान र ल्याउन सहज हुने बताउनु भयो ।


बीरकोट स्वास्थ्य चौकी प्रमुख सरस्वती श्रेष्ठले एम्बुलेन्स वीरकोट स्वास्थ्य संस्थाले चालकको व्यवस्थापन गरी नियमित रुपमा संचालन गरिने जानकारी गराउनु भयो । वीरकोट स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष तथा पूर्वखोला गाउँपालिका वडा न ५ वडा अध्यक्ष धन बहादुर सिंजालीले एम्बुलेन्स संचालनसँगै यस भेगगा जनता हरुलाइ सहज हुने विश्वास व्यत्त गर्नु भयो ।


वीरकोट स्वास्थ्य चौकी नेपाल सरकारले घोषणा गरेको १५ शैयाको स्वास्थ्य चौकीको रुपमा स्तरउन्नती हुँदै छ ।

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update