Erani Mahal
रम्भाका १ हजार ८ सय विद्याथीको दुर्घटना विमा
rambha

पाल्पा –पाल्पाको रम्भा गाउँपालिकाले आधारभुत तह कक्षा नर्सरीदेखी कक्षा ५ सम्म अध्ययन गर्ने १ हजार ८ सय ५४ जना विद्यार्थीहरुलाई निशुल्क दुर्घटना विमा गरेको छ । रम्भा गाउँपालिका भित्रका प्रत्येक विद्यार्थीहरुको १० हजार बराबरको दुर्घटना विा गरेको रानीमहलसँगको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो ।


गाउँपालिकाका विद्यार्थीहरुको दुर्घटना भएर जटिल खालको अंगभंग वा मृत्यु भएमा एक लाख बराबरको सेवा सुविधा पाउने प्रमुख भण्डारीले बताउनु भयो ।


अध्यक्ष भण्डारीले सबै विधार्थीहरुलाई सामुदायिक विद्यालयमा अध्ययापनमा प्रोेत्साहन गर्न समेत विमा कार्यक्रम ल्याइएको बताउनु भयो । पछिल्लो समयमा विद्यार्थीहरु निजि विद्यालयहरुमा अध्ययन गर्दा सरकारी स्कुलमा विद्यार्थीहरुको सख्या घटिरहेको समयमा गाउँपालिकाले विधाथीहरुलाई विमा गरेर सरकारी स्कुलमा आर्कषण थालिएको बताउनुभयो ।


गाउँपालिकाले चालु आर्थिक बर्षमा विद्यार्थीलाई विद्यालयमै खाजा खाने व्यवस्थापनको लागि ४० लाख रुपैंया खर्च गरेको बताउनु भयो । साथै आगामी दिनमा दिवा खाजा कार्यक्रमलाई दिगो बनाउने गरी निरन्तरता दिने योजना रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।


दिवा खाजा कार्यक्रम र दुर्घटना विमाको कार्यक्रमले रम्भाका सामदायिक विधालयहरुमा विधार्थीको सख्या बढने विश्वास रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update