Erani Mahal
रामपुर भलायटारमा महिला कानूनी अधिकार सम्बन्धि तालिम
b-3

पाल्पा- महिला कानूनी अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम रामपुर नपापालिका २ पाल्पामा भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भलायटारमा भएको कार्यक्रममा वडाका विभिन्न टोलका महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले महिला अधिकार मुलुकी ऎन तथा मुलुकी अपराध संहिता एवं विभिन्न ऎन तथा कानुनका बारेमा सचेतना दिनुभएको थियो ।

मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध ऎन, बाल विवाह अन्त्य सम्बन्धी कानुन तथा दैनिक समाजमा घटेका घटना यसको रोकथाम तथा सचेतनाबाट यस्ता घटना घट्न नदिनका लागि अपनाउनुपर्ने सचेतनाका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

वडा सदस्य बाल कुमारी थापाले जानेका बिषय गाउघरमा सिकाउदै सुरक्षित समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । वडा नम्बर २ को समन्वयमा त्यस वडाका महिलाहरुलाई कानुनी र महिलाका सवालमा चेतना जगाउन कार्यक्रम गरेको नगरपालिकाका सहायक महिला विकास निरीक्षक पुजा परियारले बताउनुभयो ।

सहभागी महिलाहरुले अझ पनि एउटै काममा महिला पुरुषबिच ज्यालामा विभेद, रजस्वलाका बेला परिबारले गर्ने बन्देज, घरेलु हिंसाका घटनाका बारेमा खुलेर छलफल गरेका थिए । मिट्ठु कुमारी कुमालले अझै पनि अन्धविश्वासले समाज अझ अगाडि बढ्न नसकेको बताउनुभयो ।

वडा अध्यक्ष तारा बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सहायक महिला विकास अधिकृत सिर्जना रेग्मीले गर्नुभएको थियो

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update