Erani Mahal
तिनाउँ गाउँपालिकाको झिंगामारामा स्वास्थ्य इकाई खुल्यो
j-2

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं १ झिंगामारामा स्वास्थ्य पहुँच पुर्याउनको लागि सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ ।


गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले स्वास्थ्य इकाईको शुभारम्भ गर्नुहुँदै दुर्गमका जनताहरु सामान्य स्वास्थ्य उपचारको लागि समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँटोलमै आधारभूत स्वास्थ्य उपचार गराउन स्वास्थ्य इकाईको स्थापना गरिएको बताउनुभयो ।


तिनाउँ गाउँपालिकाका ४ वटा उपस्वास्थ्य चौकी सहित ८ वटा स्वास्थ्य इकाईको स्थापना गरी जनतालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोमबहादुर लम्तरी, कृष्ण खड्का लगायतले इकाईको औचित्यमाथी बताउनुभयो ।

१ घण्टा भन्दा बढी समय लगायर स्वास्थ्य सस्था जानुपर्ने बाध्यताको अन्त्य गर्दै तिनाउ सरकारले स्वास्थ्य इकाईको स्थापना गरेको हो । स्वास्थ्य इकाईको एक कार्यक्रमका विच तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जनताको स्वास्थ्यमा सरकार संवेदनशिल रहेको बताउनुभयो । यो स्वास्थ्य इकाई संगै तिनाउमा स्वास्थ्य ईकाईको संख्या १२ पुगेको छ ।

जसमा ४ वटा स्वास्थ्यचौकी रहेका छन् । स्वास्थ्य इकाईको उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष दमयन्ती थापा, प्रवत्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष रोम बहादुर लम्तरी, कृष्ण खड्काले स्वास्थ्य इकाइले जनताको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताउनुभयो ।

स्वास्थ्य इकाईमा एक जना अहेवको व्यवस्था गरिएको छ । त्यस्तै ३५ प्रकारका औषधीहरु निशुल्क वितरण र स्वास्थ्य परिक्षण गरिने बताइएको छ । कार्यक्रमको अध्यक्षता वडा सदस्य अमर बहादुर तरामीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update