Erani Mahal
पूर्वखोलामा नेकपाको जनसम्बन्ध विस्तार अभियान
43

किरण कौशल पाल्पा - नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता सुद्धिढिकरण एंव जनसम्बन्ध विस्तार अभियान अन्र्तगत पूर्वखोला गाउँपालिका स्तरीय अभियान सुरु भएको छ । चैत्र र बैशाख भरी चल्ने अभियानमा पार्टी र तिन तहका सरकारले गरेका कामको प्रचार प्रसार र सुझाव संकलन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, घरदैलो र टोल भेला गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

समाचार प्रतिनिधि तस्विर ।


पूर्वखोलामा अभियान शुरुवात गदै कार्यक्रमका प्रमुख अतिथि नेकपा पाल्पा जिल्ला अध्यक्ष नारायण आचार्यले राष्ट्रिय अभियान अनुसार जिल्ला र गाउँपालिका स्तरमा चैत्र १ देखि अभियान चलेको बताउनु भयो । उहाँले जनप्रतिनिधि मुलक निकायहरु बिच अन्र्तक्रिया गर्ने, राजनीतिक दल र संघ संस्थाहरुसंग विकास र समृद्धिका विकासका संवाद गर्ने, स्थानीय स्तरमा देखिएका अन्तर विरोधहरुलाई हल गर्ने अभियानको उद्देश्य भएको बताउनु भयो । अभियानका क्रममा पार्टीले निर्माण गरेका प्रचार सामग्री वितरण गर्ने, छलफलबाट आएका सुझावको अभिलेख, स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार, आमभेला जस्ता गतिविधि हुनेछन् ।


जिल्ला सल्लाहकार परिषदका सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, प्रदेश विभागका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु र पार्टीका गाउँ कमिटि सदस्यहरुको भेलामा संयोजक एंव प्रदेश कमिटि सदस्य राजेन्द्र वि.क., अभियान सदस्य बुद्धिराज गौतम र गाउँपालिका अध्यक्ष नून बहादुर थापाको सहजिकरण पश्चात गाउँपालिका स्तरमा अभियानलाई सफल बनाउने कार्ययोजना र कार्य विभाजन गरिएको छ ।


तिनाउ गाउँपालिका स्तरीय अभियान चैत्र ४ गतेबाट सुरु हुने र अन्य जिल्लाका सबै स्थानीय तहहरुमा अभियान सुरु भएर वडा स्तरका भेला र छलफल भइरहेको प्रचार विभाग प्रमुख गुराँस आत्रेयले बताउनु भयो ।

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update