Erani Mahal
काेराेना प्रभाव : तानसेनमा चहलपहल कमी
Ahileko_tansen

पाल्पा – विश्वमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको कारणले गर्दा विश्वका विकसित देशहरु प्रभावित त बनेको छन । कोरोना भाइरसको प्रभाव विश्वका देशलाई मात्र होइन नेपालमा समेत परेको छ । पछिल्लो समय कोरानाको संक्रमण फैलने भयले पाल्पामा पनि चहलपहल कम भएको छ ।

पाल्पामा रहेका होटल व्यवसाय, सुन पसल, किराना पसल लगायत अन्य स्थानमा समेत यस्को प्रभाव देखिएको छ । पाल्पाको मख्य व्यापारिक केन्द्र तेस्रो सडक, विशाल बजार, बसपार्क टुडिखेल, सितलपाटीमा समेत अमेत मानिसहरुको चलपहल कम भएको छ । कोरोना भाइरस फैलने डरले बजारमा समेत चहलपहल कम भएको हो ।

कोरोना फैलने त्रासले चहलपहल कम

पहिले दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुले भरिने पाल्पाका होटलहरु अहिले खाली हुँदै आएका छन् । कोरोना भाइस फैलने त्रासले तानसेनमा मात्र नभई १० वटै स्थानीय तहहरुमा रहेका होटल तथा पर्यटकीय क्षेत्रहरुमा समेत यस्को प्रभाव देख्न सकिन्छ ।

सुनको व्यापार शुन्यजस्तै
अहिले एक तर्फ सुनको भाउ बढिरहेको छ भने अर्को तफ कोरोना त्रासका कारण सुन व्यवसायीहरु चिन्तित बनेका छन् । लाखौ रुपियाको लगानीमा सुन व्यवसाय गरेको बताउने असनटोलका सुरेन्द्र गहतराजले अहिले सुनका गरगहनाहरुको कारोबार कम भएको बताउनुभयो । तानसेनमा चहलपहल कम भएपछि व्यवसाय चलाउनै गाह्रो भएको उहाँले बताउनुभयो ।

पाल्पाको सिनेमा हल बन्द
अहिले कोरोनाको कारणल गर्दा पाल्पाको एक मात्र सिनेमा हल सन्तोष चलचित्र मन्दिर समेत अनिश्चित कालको लागि बन्द गरिएको छ । सिनेमा हलमा धेरै मानिसहरुको एकै ठाउँमा बस्ने हँदा संक्रमण फैलने त्रासले हल बन्द भएको हो ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update