Erani Mahal
तरकारीका बेर्ना उत्पादन गर्दै तिनाउँ गाउँपालिका
3

पाल्पा– तिनाउँ गाउँपालिका पाल्पाले बेमौसमी तथा मौसमी तरकारीका बेर्ना उत्पादन गरेको छ ।
तिनाउ गाउँपालिका भित्र वा आसपासका कृषक हरुलाइ तरकारीका बेर्ना वितरण गरी आयमुलक काममा लगाउनका लागि तरकारीको बेर्ना उत्पादन गरिएको गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले बताउनुभयो ।


तिनाउँ गाउँपालिकाको कृषि बिकास शाखा तथा सृजनशिल तरकारी उत्पादन कृषक समुहद्दारा उन्नत जातका बिरुवा उत्पादन गरिएको कृषि प्राविधिक किशोर रावलले बताउनुभयो ।

उहाँले किसानलाई उचित मुल्य तथा होम डेलिभरीको समेत ब्यबस्था गरिएको जानकारी दिनुभएको छ ।
गाउँपालिकाले किसानलाई अनुदान, प्राविधिक लगायतको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update