Erani Mahal
माथागढी रुप्सेको २ सय १७ गर्भवतीलाई अण्डा वितरण
sutkeri-4

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रुप्सेका २ सय १७ गर्भवती महिलालाई अण्डा वितरण गरिएको छ ।


गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रम अन्तर्गत गाउँका गर्भवती महिलालाई अण्डा उपहार दिइएको हो ।


गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्याउने भन्दै गाउँपालिकाले नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण गर्ने अभियान सञ्चालन गरेको उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।


संस्थागत सुत्केरी प्रोत्साहन गर्न गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसगै अगाडि बढाएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो ।


गर्भवती महिलामा गर्भ रहेको सामान्यतया स्चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको उनले जानकारी दिए ।


वडाका २३ जना संस्थागत सुत्केरी महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन रकम समेत वितरण गरिएको वडा अध्यक्ष जनक रिजेलले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update