Erani Mahal
नाकाबन्दीको हल्लासँगै पाल्पामा पेट्रोलपम्पमा लाइन,  बजारमा कृतिम अभाव बढ्दै
1

पाल्पा– चिनबाट फैलिएको नोबेल कोरोनाको त्रासका कारण भारतले आफ्ना सबै स्थलमार्ग बन्द गर्ने घोषणा गरेसँगै त्यसको असर नेपालमा समेत देखिएको छ ।


भारतले नाकाबन्दी गर्ने हल्लासँगै नेपालमा महङ्गी बढेको छ भने अर्कोतर्फ पट्रोलियम पदार्थ समेत सटेज हुने भन्दै पम्पहरुमा लाइन लाग्न थालेको छ ।


जिल्ला सदरमुकाम तानसेनमा समेत रहेका पम्पहरुमा अहिले मोटरसाइकलको लाइन लागेको छ ।


तानसेनमा रहेको तानसेन ट्रेड कन्सर्न बसपार्क, श्रीनगर आयल, वृन्दावन, हाइवे पेट्रोलपम्म लामिडाँडा लगायतका क्षेत्रमा ग्राहकहरुको लाइन लागेको छ । नाकाबन्दीको हल्लासँगै बजारमा उपभोग्यवस्तुको भाउ समेत महंगो हुन थालेको छ ।

साथै व्यवसायीहरुले कृतिम अभाव समेत सिर्जना गर्न थालेका छन् त्यसको नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान पुग्नुपर्ने देखिन्छ ।

बजारमा खाध्यवस्तुहरु, नुन, तेल, मसला लगायतका सामग्रीहरुको अभाव हुन थालेको छ तानसेनका विभिन्न पसलहरुमा अहिले तेल तथा नुनको अभाव बढ्दै गएको स्थानीयको गुनासो रहेको छ ।

तानसेन बसपार्कमा रहेको तानसेन ट्रेड कन्सर्नमा पेट्रोल भर्न उपभोक्ताको बेलुकीकाे लाइन तस्वीर : सुर्दशन पाण्डे ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update