Erani Mahal
चैत १ देखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
DD

पाल्पा– चैत १ देखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडकको घुम्ती सुधार र स्तरउन्नतीको लागि सडक विभागले दैनिक ८ घण्टा सडक बन्द गर्ने जनाएको छ ।
एक सूचना प्रकाशन गरेर विभागले दैनिक बाटो बन्द हुने तालिका समेत प्रकाशन गरेको छ । चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले बताउनुभयो ।

तस्वीर इकान्तिपुरबाट


बाटोको मोड कटानको लागि सडक नै बन्द गर्नुपर्ने अवस्था आएकाले निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो ।


बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ । तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताउनुभयो ।
हेर्नुहोस् सूचना ः

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update