Erani Mahal
काेराेना भाइरस प्रभाव : पाल्पामा कतै आजैदेखि कतै भाेलिदेखि परीक्षा सुरू
89038734_210770463334913_5152557829902565376_o

पाल्पा – जिल्लाको तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा मंगलबारदेखि वार्षिक परीक्षा सुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र परीक्षा सक्न निर्देशन दिएपनि पाल्पाका स्थानीय तहले मंगलबारदेखि नै परीक्षा सुरु गरेका हुन् । अन्य तानसेन, रामपुर, बगनासकाली, निस्दी, माथागढी, पूर्वखोला र रम्भा गाउँपालिकाले भोलि बुधबारदेखि परीक्षा गर्ने तयारी गरेका छन् ।

विश्वका अधिकांश देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले विभिन्न भेला, समारोह, सभा गर्न रोक लगाएको छ । विद्यार्थीको परीक्षामा समेत कोरोना भाइरसको प्रभाव पार्न सक्ने भन्दै पाल्पाका स्थानीय तहहरुले चैत ५ गतेभित्र परीक्षा सक्ने गरी कक्षा १–९ को परीक्षा सुरु गरेका तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । पहिलो दिनको परीक्षा जिल्लाभर नै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update