पाल्पा– सुन्तला बोकेर पाल्पादेखी पोखरातर्फ जाँदै गरेको ट्रक बगनासकाली गाउँपालिका २ पोखराथोकमा दुर्घटना भएको छ ।
भारतबाट सुन्तला लिएर पाल्पा हुँदै पोखरा जाने क्रममा मंगलवार दिउँसो ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परेर चालक र सहचालक घाइते भएका छन् ।
सडकमा मोविक पोखिएका कारण चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तस्वीर सुदिप राज रेग्मीको फेशबुकबालबाट ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६ १८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय