Erani Mahal
पाल्पाका ९२ जना विद्यार्थीलाई  छात्रवृत्ति प्रदान
gga

पाल्पा– मातृ सेवा प्रतिष्ठान ललितपुरद्वारा पाल्पाका ८१ वटै वडाका विपन्न, जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्न ४० लाख ५० हजार छात्रवृत्ति प्रदान गरेको छ ।


पाल्पाली समाज पोखराको संयोजनमा रम्भा देवी छात्रवृति नामको छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा पूर्वउद्योग मन्त्री सोम प्रसाद पाण्डेले सरकारले ल्याएको नारा सुखी नेपाली समृद नेपालको नारा सरकारले ल्याएका कार्यक्रमले मात्र पुरा नहुने भएकाले सबैले आ–आफनो क्षेत्रबाट अगाडी बढन पर्ने बताउनु भयो ।


मुलकको राष्ट्रियता अखण्डता सार्वभौमसता कायम राखी देशमा आमुल परिवर्तन ल्याउनको लागि विधार्थीहरुको ठुलो भुमिका रहेने भएकोले यस छात्रवितृले असल नागरिक उत्पादन गर्न सहयोग गर्ने बताए । जुन समाजले मुलकको समृदीको लागि विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ त्यो उद्देश्य पुरा गर्न विधार्थीहरुलाई आग्रह गर्नुभयो ।

छात्रवृत्ति रकम प्रदान गर्दै प्रमुख अतिथि सा‌सद पाण्डे । तस्वीर विकास काफ्ले । रानीमहल ।


त्यस्तै कार्यक्रममा प्रदेश सासंद पुरनमान बज्रचार्यले छात्रवृद्धि प्राप्त गर्ने विधार्थीहरुलाई छात्रवृदिको प्रयोग गरि छात्रवृदिको सदुपयोग गर्न पर्ने बताउनुभयो । आजको विद्यार्थी भोली देशका कर्णधार भएको बताउदै यस्का लागि पाल्पाली समाज पोखराले जुन उद्देश्यले छात्रवृदि प्रदान गरेको छ त्यो सपना पुरा हुने गरी पढन आग्रह गर्नुभयो, साथै अहिले देशमा तीन प्रकारको सरकार रहेको बताउदै तीन तहका सरकारले शिक्षा क्षेत्रमा विशेष योजनाका साथ अगाडी बढेको बताउनु भयो ।
पाल्पाका स्थानीय तहहरुको तर्फबाट तानसेन नगरपालिकाका नगरप्रमुख अशोक शाहीले समाजमा दुष्ट्रि र दुष्टिकोण दिन सकेमा समाज अगाडी बढन् सहयोग पुग्ने बताउनु भयो । यस्का लागि आगामी पुस्तामा पनि दृटि र दृष्ट्रिकोण हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।

यसरी समाजमा आमुल परिवर्तन ल्याउनका लागि सोचलाई सिर्जना सित सगँ सँगै जोडेर लैजानु पर्ने बताउदै जो जोले जहाबाट सकिन्छ त्यहीबाट समाज परिर्वतनमा लाग्नु पर्ने बताउनु भयो । जसरी पोखरामा रहे पनि आफ जन्मेको ठाउलाई केही गनुपर्दछ भनी पोखराबाट आफनो जन्म थलोका भाइबहिनीहरुलाई छात्रवृदि ल्याउन भएकोमा धन्यवाद दिन भयो ।

तस्विर विकास काफ्ले ।


पाल्पाका दश वटा स्थानीय तहका ८१ वडाका ९१ जना विधार्थीहरुलाई ५० हजारका दरले छात्रवृदि प्रदान गरिएको थियो । जसमा निस्दी गाउँपालिकाका ८ जना, रामपर नगरपालिकाका ११ जना, पूर्वखोला गाउँपालिकाका ६ जना, माथागढी गाउँपालिकाका ८ जना, रम्भा गाउँपालिकाका ५ जना, तिनाउँ गाउँपालिकाका ६ जना, वगनासकाली गाउँपालिकाका १२ जना, तानसेन नगरपालिकाका १४ जना, रिब्दीकोट गाउँपालिकाका ८ जना र रैनादेवी छहरा गाउँपालिकाका ८ जना विधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको मातृसेवा प्रतिष्ठान नेपालका अध्यक्ष तथा पर्व जलस्रोत मन्त्री हरि प्रसाद पाण्डेले बताउनु भयो । उहाँले आफू जन्मेको भूमिका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि सो रकम प्रदान गरिएको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update