Erani Mahal
स्मार्टसँगै आयआर्जनमा लाग्दै अर्गली फोस्रान गाउँका किसान
कक

चुरामणी तिमिल्सेना पाल्पा– तानसेन नगरपालिका वार्ड न १४ अर्गली फोस्रान गाउँ केही समयदेखी स्मार्ट गाउँ बन्न सफल भएको छ । आर्थिक बर्ष ७५÷ ७६ मा प्रदेश सकार स्थानीय सरकार र केन्द्रीय सरकाले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि ७० लाख बजेट बिनियोजित भएपछि गाउँको पहिचान र स्वरुप फेरिन थालेको छ ।


तीन तहका सरकार मार्फत विभिन्न शीर्षकमा काम गर्ने गरी प्राप्त बजेटको कार्यान्वयन गरी गाउँलाई स्मार्ट बनाउन सफल भएको समितिका अध्यक्ष पुष्करनाथ पाण्डेले रानीमहलाई बताउनुभयो । उहाँका अनुसार सबै बजेट खर्च गरेर खर्चको बिल समेत सार्बजनिक सुनुवाइमा प्रस्तुत गरेका छौं अब स्मार्ट गाउँसँगै स्थानीयहरु ऋाय आर्जनमा समेत लागेको बताउनुभयो ।
बोयर जातका बाख्रा पालनका लागि खोर निर्माण, खोर सुधार, कार्यालय व्यवस्थापन, इन्टरनेट जडानका लागि काम गरिएको छ । उहाँले भन्नुभयो, गुल्मीको ग्वादी तथा विभिन्न स्थानबाट उन्नत बाख्रा ल्याएर पाल्ने काम समेत गरिएको छ ।


बाख्रा खरिद, नस्ल सुधार, खोर निर्माण, सन्कलन केन्द्र, सुचना केन्द्र, तराजु खरिद नमुना प्राथमिक उपचार जस्ता काम भएका छन्, समितिकासचिब तोयनारायण पाण्डेले भन्नुभयो यस्तै बजेटबाट प्रतिबेदन निर्माण सन्चार तथा अन्य विविध बिधामा काम गरिएको छ ।
फोस्रान गाउँमा हाल ७० घर धुरीलाइ सफल बनाउने कार्यक्रम तर्फयो कार्यक्रम तय गरेर बितरण समितिका कोषाध्यक्ष शारदा ज्ञवालीले बताउनुभयो ।


गाउँमा स्मार्ट कृषि कार्यक्रमसँगै व्यवसायीक कृषि बाख्रापालन लगायतका काम गरिएको तानसेन नगरपालिका वार्ड न १४ का वार्ड अध्यक्ष कमल रानाले जानकारी गराउनु भयो ।
समितिका कामहरु नियमित रुपमा विभिन्न निकायबाट अनुगमन तथा सुझावहरु प्राप्त भएकाले काममा थप उत्साह थपेको फोस्र्रान स्मार्ट कृषि गाउँका सचिब तोयनारण पाण्डेले बताउनुभयो ।


कार्यक्रमले ग्रामीण भेगका गरिब तथा निमुखा किसानलाई समेत फाइदा पुगेको छ स्थानीय बाख्रा पालक किसान बसना पान्डेले भन्नुभयो, यस्ता कार्यक्रमले अरुलाई समेत आयआर्जनमा लाग्ने प्रेरणा दिएको छ । किसानले बाख्रापालनसँग उन्नत जातका घाँस रोपेर र घरैको आटो पिठो खुवाएर आयआर्जन गर्न पाउँदा किसानमा थप उत्साह बढेको स्थानीय युवा शिव प्रसाद पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update