Erani Mahal
एनआईसी एसिया बैँकद्वारा दुर्घटना विमा रकम हस्तान्तरण
IMG_1318

पाल्पा – एनआईसी एसिया बैंकले दुर्घटना विमा हस्तान्तरण गरेको छ । तानसेन –११, खर्तुङ्का प्रकाशबहादुर कार्कीको ८ वर्षका छोरा प्रसन्न कार्कीलाई दुर्घटना विमा रकम प्रदान गरेको हो ।
बैंकको सुपर डाइमण्ड खाता अन्तर्गतको चामत्कारी बचत खाता खोलि १ लाख रुपियाँ रकम जम्मा गर्नु भएका कार्कीले आफ्नो परिवार दुर्घटना हुँदा विमा रकम पाउनुभएको हो । कार्कीले उपचार खर्च वापत बैंकबाट ३३ हजार ८१४ रुपियाँ पाएका छन् ।

कार्कीले तानसेनका मदिरा व्यवसायी हुनुहुन्छ । बैंकले सुपर चामत्कारिक योजना अनुसार उपचारका लागि रकम दिएको हो बैंकका प्रवन्धक हरिकृष्ण शर्माले जानकारी दिनुभयो ।

विमा रकम हस्तान्तरण गर्नुहुँदै बैंकका प्रवन्धक शर्मा र ग्रहण गर्दै कार्की । तस्बिर : सन्तोष गहतराज ।

बैंकले उपचार खर्च दिएकोमा कार्की भने खुसी हुनुभएको छ । ‘पहिले खातामा रकम जम्मा गर्दा विश्वास नै लागेको थिएन कार्कीले भन्नुभयो अहिले उपचार रकम पाउँदा खुसी लागेको छ । यसले आफूलाई राहत मिलेको बताउनुभयो ।

बैंकले चामत्कारी बीमा योजना, चामत्कारी कर्जा सम्बन्धी योजना ल्याएको शर्माले जानकारी दिनुभयो । उहाँले न्युनतम रकममा खाता खोले बैंकले आकर्षक विमा रकम उपलब्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update