Erani Mahal
रामपुरमा संचालित महायज्ञमा डेढ करोड दान संकलन
kk

पाल्पा – छाडा छाडिएका गाइको संरक्षणका लागि रामपुरमा आयोजित श्रीमद् भागवत नवाह महायज्ञमा १ करोड ४७ लाख ४७ हजार ८ सय २९ रुपैया संकलन भएको छ । अन्य धान, चामल सहित जिन्सी संकलन भएको छ ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा छाडा छोडिएका गाइलाई व्यबस्थापन तथा धर्मशाला निर्माणको गुरुयोजना सहित आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गरिएको हो । फागुन १२ गतेदेखी शुरु महायज्ञको समापन गर्दै प्रदेश सभा सदस्य युबराज खनालले धर्म र सस्कृतिले अनुशासन कायम गर्दै न्याय, र समाजलाई सही दिशातर्फ अगाडि बढाउने सन्देश दिने बताउनुभयो ।

गाइको गहत,मल दुधको महत्व अपार रहेको दर्शाउदै उहाले घर- घरमा अमृत समान दूध,गहत मल दिने बस्तुलाई महत्व नदिनुले यसबाट पाठ सिक्ने सिकाउने बताउनुभयो। नगरपालिकाले छाडा छोडिएको गाइको स्थिति बुझि बिगत दुई आ.बर्षमा २०/२० लाख बिनियोजन गरेर नगरले ल्याएको गौशालाको अबधारणा निकै राम्रो भएको उल्लेख गर्दै यसको दिगो व्यबस्थापनमा जोड दिन आग्रह गर्नुभयो । उहाले गौशाला संगै गाइलाई घाँस र मलबाट उत्पादन जोडिने बताउदै रोजगार सहित कालीगण्डकी उपत्यकामा पर्यटकीय आधार थप हुने बिश्वास लिनुभयो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले ९ लाख ९ सय ९ रुपया दान घोषणा गर्नुहुदै पुगेर भन्दा पनि मन बचनले गौमाताको श्रद्दाको लागि दान गरेको बताउनुभयो । धर्मले नैतिकताको पाठ सिकाउछ थापाले भन्नुभयो-हिजोले मान्छेलाई डाहा बनाइदिन्छ भोलिले मान्छेलाई लोभी बनाइदिन्छ त्यसैले आजको व्यबहारबाट सत्कर्म गर्दै धार्मिक भावनाले आत्मबल र सन्तुष्टि लिदै सेवामा लाग्नुपर्दछ ।

कालिगण्डकीको किनारमा बन्दै गरेको गौशालले नगरको सुन्दर परिकल्पना जोडिएको उहाले बताउनुभयो । भगवान् बिष्णुको अबतार बिश्वमा शालिग्राम शिला बचाउने कालीगण्डकी माता र संगै जोडिएको गौमाताको संरक्षणले सबैको ध्यानाकर्षण गराउने उहाको भनाइ छ । बालिनाली खाइदिने समस्या भएकादेखी छाडा बस्तुले निम्त्याउन सक्ने सडक दुर्घटनालाई पनि गौशाला निर्माणले सहज बनाउने थापालए बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरको एउटा थप नमुना र पुण्यको काम गौशाला निर्माण भएको बताउदै छिमेकीको साथ र निगरानी सहयोगले सदैव सफल बनाउने उल्लेख गर्नुभयो । सोही अबसरमा प. गुरु नारायण न्यौपाने, सल्लाहकार समिती संयोजक बासुदेव देबकोटा, नेपाली काग्रेसका नेत्र प्रसाद भट्टराई, नेकपाका कमलराज भट्टराई, तनहुका युवा समाजसेवी बिष्णुभक्त सिग्देल लगायतले धार्मिक सहित ऎतिहासिक, सास्कृतिक पहिचानबाट यो क्षेत्र चिनाउन र मिलेर विकासमा लाग्न आग्रह गर्नु भएको थियो।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले निरन्तर महायज्ञमा साथ हौशला र भरोसाका साथमा अमुल्य दान दिनुहुने सबैमा धन्यवाद दिदै उद्देश्य अनुरुप काममा लाग्ने बताउनुभयो । ठानेश्वर अधिकारीको स्वागतबाट शुरु भएको महायज्ञ समापन कार्यक्रमको संचालन समितिका सचिव बादुदेव ढकालले गर्नुभएको हो ।

झण्डै १५ रोपनी क्षेत्रफलमा २ सय गाई अट्ने क्षमताको गौशाला निर्माण भैरहेको छ । वडा कार्यालय आडको टहरोमा रहेको गाइ तत्कालका लागि निर्माणाधिन गौशालामा नै पहिलो चरणमा राख्ने ठाउँ बनाई गाइको समिपमा यज्ञ स्थल गराएर महायज्ञ गरिएको हो ।

हाल गौशालामा ६५ गाई छन् । गौशालाको झण्डै बर्ष दिन अघि पतन्जलिका योगगुरु आचार्य बालकृष्णले शिलान्यास गर्नुभएको थियो । गाउघरमा दुधको लागि जर्सी गाइपालन बढ्दै जाने र घरपालुवा स्थानीय गाई छाडा छोड्ने प्रचलन बढेपछि रामपुर नगरपालिकाले यसको दिगो व्यबस्थापनका लागि गौशाला निर्माणको अबधारणा ल्याएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update