Erani Mahal
विदेशबाट फर्किएपछि लाेकल कुखुरापालनमा व्यस्त बयम्बु
kg-1

पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-५, गल्धा ढुंगानावेशीका सुरेश बयम्बुले व्यावसायिक रूपमा लोकल कुखुरा पालन शुरु गर्नुभएको छ। पैसा कमाउनको लागि धेरैले वैदेशिक रोजगारलाई छनौटमा परेको बेला बयम्बुले भने लोकल कुखुरा पालन थाल्नुभएको हो।

२९ वर्षीय बयम्बुले आफै करिब ४ लाख लगानी गरेर कुखुरा पालन गर्नुभएको हो। हाल बयम्बुको कुखुरा फर्ममा सानोठूलो गरी ७ सय वटा कुखुरा रहेका छन् । अहिले कुखुरा प्रति केजी ६ सयका दरले विक्री हुने गरेको छ।

हिजोआज गाउँ शहर जताततै बोइलर कुखुराको मात्रै प्रयोग भएको बेला आफुले शुरु गरेको व्यवसायबाट सफलता पाउने विश्वास बयम्बुको रहेको छ। पहिले विदेशमा राेजगारका लागि जानुभएका बयम्बु अहिले स्वदेशमै पसिना बगाउने उद्धेश्यले फर्कनुभएकाे हाे ।

बजारमा अहिले बाेइलर कुखुराकाे भन्दा लाेकल कुखुराकाे माग बढेकाले यसकाे व्यवसायिक पालन सुरू गरेकाे उहाँले बताउनुभयाे । लाेकल कुखुराकाे माग अहिले गाउँघरमै समेत हुन थालेकाे छ । पहिले पहिले घरघरमा लाेकल कुखुरा पालन हुन्थ्याे बयम्बुले भन्नुभयाे अहिले घरघरमा बाेइलर कुखुरा हुन थाल्याे, त्यसैले मैले लाेकल कुखुरा पाल्न सुरू गरे । उहाँले वार्षिक पाँच लाख भन्दा बढी कमाउने उद्धेश्य राख्नुभएकाे छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update