Erani Mahal
तानसेन नजिकैको सिद्धबाबा मन्दिर ओझेलमा
89035711_239161803917486_5861213363429703680_n

पाल्पा - संरक्षणकाे अभावले पाल्पा तानसेन नगरपालिका–११, बन्दिपोखराको साँखरमा रहेको सिद्धबाबा मूर्ति ओझेलमा परेको छ । केही समय अगाडी मानिसहरुले मन्दिरमा गएर पूजा गर्ने, रोट चढाउने, गाईको दुधले चढाएर पूजा गर्ने भए पनि अहिले उचित संरक्षणको अभावमा ओझेलमा परेको हो ।

जुन भीरमा पहाडको भित्री भागमा रहेको छ । चार वटा गाईको थुन जस्ता आकृतिका मूर्ति र अन्य आकारका मूर्तिहरु रहेका छन् । पछिल्लो समयमा उचित संरक्षण तथा प्रवद्र्धन हुन छाडेपछि र मन्दिरमा जानको लागि बाटोको नभए पछि आझेलमा परेको हो ।

पाल्पा जिल्ला विभिन्न प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्लाको रुपमा परिचित छ । पाल्पा जिल्लामा थप्रै प्राकृतिक स्रोत तथा सम्पदाहरु छन् । त्यसै मध्ये बन्दिपोखरामा रहेको सिद्धबाबा मूर्ति प्राकृतिक रुपमा निमार्ण भएको भएको मुर्ति हो । जहाँ चारवटा गाइका थोनका साथै अन्य ढङ्गाका आकृतिहरु रहेका छन । केही समय भन्दा अगाडी सोही स्थानकी सिता घिमिरे, पार्वती कार्की लगाएतले मन्दिरमा गएर पुजा गर्ने रोट चढाउने, गाइको दुध चढाउने गर्दथे । पछिल्लो समयमा उचित संरक्षणको अभाव भए पछि ओजेलमा परेको स्थानीयहरुले बताउनुभयो ।

पछिल्लो समयमा उचित संरक्षण नहँुदा मन्दिर ओझेलमा परेको छ । प्राकृतिक रुपमा निमार्ण भएको मुर्ति वरपर हरियाली सल्लाले जङ्गलले घेरिएको र सुन्दर भीरमा रहेको छ । जहाँ पुजा गर्दा मनले मागेको कुरा पुरा हुने धार्मिक विश्वास रहेको छ । जहाँ त्यही स्थानका स्थानीयहरु पुजा गर्थे अहिले लोप हुने अवस्थामा छ ।

तानसेन देखि करिब आधा घण्टाको समयमा सिद्धबाबाको मन्दिरमा पुग्न सकिन्छ । जुन शाखरको भिरमा रहेको पाइन्छ । अहिले मन्दिर सम्म पुग्नको लागि बाटोको समस्या रहेको छ ।
तानसेन नगरपालिका ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले सिद्धबाबाको मूर्ति प्राकृतिक रुपमा आफै निर्माण भएको बताउदै केही समय अगाडि मानिसहरुले मन्दिरमा गएर पुजा गर्ने गरेको बताउनुभयो ।

अहिले समिति निर्माण गरेर पहिला भालु दुलोको निर्माण गर्ने सोचमा रहेको बताउनुभयो । तर सिद्धबाबाको मन्दिरलाई संरक्षण गर्नको लागि भने केही योजना नबनाएको र अबका दिनमा योजना बनाएर अगाडी बढने सोचमा रहेको बताउनुभयो । यहाँ यस्ता धेरै धार्मिक सम्पदाहरु रहेका छन् । अगामी दिनमा यस्ता स्रोतहरुको उचित पहिचान गरी अगाडी बढ्न पर्ने आवश्यकता छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update