Erani Mahal
आगामी फागुन २४ देखि कालीनदीमा र्‍याफि्टङ र प्याराग्लाइडिङ्
88313735_134816157867022_2434189091718299648_n

पाल्पा - फागुन अन्तिम साता हुने रामपुर पर्यटन महोत्सवको जानकारी तथा प्रचारप्रसार टोलिले पोखराका विभिन्न सस्था तथा व्यबसायी संग छलफल गरेको छ । पाल्पाली समाज पोखराले पर्यटन प्रवर्द्धनका लागि बाराही चोकमा डिजिटल स्क्रिन शुभारम्भको अबसर पारेर पर्यटन महोत्सवका बारेमा जानकारी गराउदै रामपुर नगर पर्यटन समितिका अध्यक्ष तथा नगर प्रमुख रमण बहादुर थापाले महोत्सब सफल बनाउन पोखरामा बस्ने पाल्पाली र पोखरेलीलाई आग्रह गर्नुभयो ।

स्थानीय संगै बाहिरी पर्यटक नभित्रिकन पर्यटन गतिविधि दिगो बन्न नसक्ने भन्दै उहाँले प्रचारप्रसार र बिबिध क्षेत्रमा भेटघाटलाई पर्यटन समितिले तिब्रता दिएको उहाँको भनाई थियो । मध्य नेपालको समथर भुभाग कालीगण्डकी नदीको तल्लो भागमा र्‍याफि्टङ, प्याराग्लाइडिङ सहित बिबिध कार्यक्रम गरेर फागुन २४ देखि ३० गतेसम्म पर्यटन महोत्सब गर्न लागिएको उहाँले बताउनुभयो ।

पाल्पा र स्याङ्जा सहित त्यस क्षेत्रको समथर भुभागको विकासमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताउदै थापाले पर्यटन प्रवर्द्धनमा बिगतदेखी नै गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका त्यस क्षेत्रका स्थानिय तह, नागरिकहरु मिलेर अघि बढेको स्मरण गराउनुभयो । कालीगण्डकी नदी र्‍याफि्टङ, ऎतिहासिक, धार्मिक रुपमा पर्यटनका लागि निकै महत्वपूर्ण भएकाले नदी डाइभर्सनको जुन चर्चा छ थापाले भन्नुभयो त्यो डाइभर्सन हुन नदिइ अहिलेकै अबस्थामा बग्न दिनुपर्नेमा सचेत गराउनुभयो ।

पोखरामा पाल्पाली समाज, पर्यटन समिती, विभिन्न समाज सहित संघसस्थाहरु संग भेटेर पर्यटन समितिका अध्यक्ष तथा नगर प्रमुख थापा, समितिका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले फागुन २४ देखि साताव्यापी रुपमा कालीगण्डकी नदीको राम्दी-भुजात सिद्दबाबा सम्म र्‍याफि्टङ, रामपुर बाहुनडाडा देखि प्याराग्लाइडिङ, रामपुर सीताकुण्डदेखि स्याङ्जा चापाकोट रामडाडा सम्म पैदलयात्रा, रामपुर क्षेत्रका बिभिन्न समुदायको बालन, करुवा, सोरठी, मारुनी,लाखे तथा बिबिध सास्कृतिक प्रस्तुती रहने जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update