Erani Mahal
प्रथम निस्दी साँस्कृतिक महोत्सव सम्पन्न
85033278_186818719266000_3842339148149030912_n

पाल्पा - प्रथम निस्दी साँस्कृतिक महोत्सव -२०७६ विविध साँस्कृतिक कार्यक्रमका साथ फागुन १७ गते भव्यताका साथ सम्पन्न भएको छ । परिवर्तनको लागि युवा निस्दी-४, झ्याल्टुङ्गको आयोजना र निस्दी गाउँपालिका,पाल्पाको सहआयोजनामा सन्चालन भएको महोत्सव फागुन १५ देखि ३ दिन सम्म सन्चालन भएको हो।

महोत्सवको पहिलो दिन निस्दी गाउँपालिका भित्र रहेका ७ वटै वडाहरु बाट विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । निस्दीको खेल मैदानमा सन्चालन भएको महोत्सवको अन्तिम दिन प्रदेश नम्बर-५,पाल्पाका संसद युवराज खनाल प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निस्दी कला र संस्कृतिको धनी रहेको बताउदै लोप हुन लागेका लोक संस्कृति जोगाउनु पर्ने बताउनुभयो । महोत्सवमा लोक गायक कुलेन्द्र बिक,हुम गैरे,कृष्ण गैरै,लोक गायिका श्रीदेबी देवकोटा,कमला पोखरेल,धनमाया दिसुवा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा अतिथि कलाकार र महोत्सव सन्चालन गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो । परिवर्तनका लागि युवा निस्दी झ्याल्टुङ्गका अध्यक्ष रोमन गाहाको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन पत्रकार धन बहादुर ठाडाले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update