Erani Mahal
पाल्पाको जोगेपानी : जहाँको पानी खाएपछि बोली खुल्ने विश्वास !
j-1

सन्तोष गहतराज पाल्पा– हामीले कुनै कुनै बच्चाहरु बोली नफुट्ने, भक्भकाउने जस्ता समस्या भएको देखिन्छ भेटिन्छ तर पाल्पाको एउटा कुवाको पानी जुन पानी खुवाएपछि यस्ता समस्या समाधान हुने जनविश्वास रहि आएको छ ।


एतिहासदेखि पाल्पा जिल्ला विभिन्न धार्मिक,सस्कुतिक परम्परा तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण जिल्लाको रुपमा परिचित छ पाल्पामा धेरै धार्मिक तथा प्राकृतिक स्थालहरु मठ मन्दिरहरु छन त्यसै मध्ये पाल्पा जिल्लाको सदरमुकाना नजिकै रहेको जोगे कुवाको पनि छुटटै धार्मिक विश्वास रहेको छ । तानसेन नगरपालिका ११ जोगीपानीमा रहेको जोगेकुवाका पानी खाए पछि बोली नफुटेका बच्चाहरु बोल्न सक्छन भन्ने धार्मिक मान्यता रहेको पाइन्छ । त्यसैले यसलाई बोल्ने पानीको नामले पनि परिचित छ ।


स्थानीयका अनुसार एक जना जोगी धार्मिक यात्रामा जानको लागि हिडेको बेलामा पाल्पाको जोगे पानीमा आउदा जोगीलाई अत्यन्त प्यास लाागेको बेला पानी खानको लागि वरपर घरहरु हर्दा नदेखे पछि प्यास सहन नसकेको कारणले आफु सँग हातमा रहेको चिम्टाले जमिनमा गोपेर पानी निकालेर पानी प्यास मेटाएको किमदन्ती पाइन्छ ।


त्यसपछि जोगीले पानी पिए पछि हिडने बेलामा एउटा आर्शिवाद दिएको रहेछ । अबका दिनमा यहाको पानी खाएपछि नबोल्ने बच्चाहरु प्नि बोल्न सकुन भनी आर्शिवाद दिएर आफनो यात्रा अगाडी बढाएको भन्ने विश्वास साथ त्यस कवाको नाम जोगी कुवा रहेको पाइन्छ ।


यही विश्वासका साथ आजकाल मानिसहरुले वाक्य नफुटेका बच्चाहरुलाई त्यहाको पानी खुवाउने गरेको र ती बच्चाहरुको वाक्य खुलेको त्यहाँका स्थानीयहरुले बताएका छन । अहिले कुवाको पानी लिनको लागि विभिन्न देश तथा नेपालका जिल्लहरुबाट मानिसहरुले पानी लिन आउने गरेका छन ।
वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले तानसेन वडा नं ११ मा पर्ने जोगी पानीको छुटै महत्व रहेको बताउनुभयो उहाँका अनुसार जोगेपानी कुँवाको पानी वरको पातले झिकेर खुवाउँदा बोली नखुलेका बच्चाहरुको बोली खुल्ने मान्यता रहेको छ ।


पानी खाए पछि वाक्य नफुटेका बच्चाहरुको वाक्य फुटने गरेको धार्मिक मान्यता रहेको घिमिरेले बताउनुभयो । यहाको पानी पिए पछि वाक्य नफुटेका वा बोली नफुटेका बच्चाहरुको बोल्न सक्ने भएकोले यसलाई बोल्ने पानी नामाकरण गरेको बताउदै पानी लिनको लागि देश तथा विदेशबाट मानिसहरु आउने गरेको बताउनुभयो ।


केही समय अगाडी पानी संरक्षण गर्नको लागि दुई वटा ट्ंयाकी निमार्ण गरिएको छ, वडा अध्यक्ष घिमिरेले भन्नुभयो माथिल्लो टयाकीमा पानी जम्मा गरेर तल्लो टयाकीमा झर्ने गरेको बताउदै भुकम्पले केही क्षति पुगेको छ ।


बाटोको कुनामा रहेको कुँवाको महत्व रहेको कारणले भारतका विभिन्न स्थानका साथै नेपालका पाल्पा, गुल्मी, स्याङ्गजा, अर्घाखाँची लगायतका जिल्लाका मानिसहरु समेत यहाँ आएर पानी लिएर जाने गर्दछन् । जोगे कुवामा दशैंको पूर्णिमाको अवसरमा लिपिन्देवी मन्दिरमा खलिने सराएँ नाचको फुट टिका समेत यसै स्थानमा लगेर विर्सजन (सेलाउने) गरिन्छ जसले थप धार्मिक महत्व रहेको पुष्टि गर्ने गर्दछ स्थानीय लिपेन्देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खातीले भन्नुभयो, त्यसको लागि उचित संरक्षणको आवश्यकता रहेको छ ।


जोगेपानीको धार्मिक एवम् ऐतिहासिक महत्व भएर यहाँको पानी लिन धेरै जिल्लाका मानिसहरु आउने गर्दछन्, व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गहतराजले भन्नुभयो, अझै यसको उचित संरक्षण भएमा थप महत्व बढ्न गई पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने थियो ।


कसरी पुग्ने जोगी कुवामा
पाल्पाको सदरमुकाम तानसेन देखी २० मिनेटमा नै जोगी कुँवामा पुग्न सकिन्छ । जिल्ला सदरमुकाम तानसेन देखि पश्चिम जोगेपानी नजिकै यो कुँवा अवस्थित रहेको छ । पाल्पा गुल्मी सडकखण्ड मै यो कुरा रहेको कारणले जतिबेला पनि जान सकिन्छ । जुन जोगी पानीको बाटो भन्दा थोरै तल रहेको छ ।


संरक्षण र प्रसारको अभाव
जोगेपानी कुवाको ऐतिहासिक महत्व रहेको भएता पनि यसको उचित संरक्षण र प्रचार प्रसारको अभाव रहेको स्थानीय हरुको गुनासो रहेको छ । उनीहरुले यहाँको पानीले अमृत बुटीको काम गर्ने भएपनि उचित संरक्षण र प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै गइरहेको बताएका छन् । अहिले संघीय संरचनासँगै तानसेन नगरपालिकामा पर्ने यो ठाउँको विकासमा नगरपालिकाले उचित योजना बनाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update