Erani Mahal
तानसेन मिसन अस्पताल क्षेत्रको फोहोर पानी शुद्धिकरण गरिने !
fohar-pani

पाल्पा – तानसेन मिसन अस्पताल क्षेत्रको फोहोरमैलाको उचित व्यवस्थापन गरिने भएको छ । रोटरी क्लब अफ् स्वीजरल्याण्ड, रोटरी क्लब अफ् नेदरल्याड र रोटरी क्लब अफ तानसेन पाल्पाको साझेदारीमा तानसेन मिसन अस्पताल क्षेत्रको पानी सुद्धिकरणसँगै फोहोरमैलाको व्यवस्थापन गरिने भएको छ ।

समाचार प्रतिनिधि तस्विर गुगल ।


पाल्पाको मिसन हस्पिटलमा सेनिटेसन प्रोग्राम अन्तर्गत ५ कराेड ५० लाख लागतमा मिसन अस्पताल र आपसपासका होटलबाट उत्पादित पानी र फोहोरमैलाको उचित व्यवस्थापन गर्ने गरी प्रोजेक्ट संचालन गर्न लागिएको क्लवका अध्यक्ष मधुदयाल सैंजुले रानीमहलालाई बताउनुभयो । क्लवको आइतवार तानसेनमा भएको बैठक अनुसार सो प्रोजेक्ट सञ्चालन हुने भएको हो ।


रोटी क्लब अफ सजरल्याण्डका प्रोजेक्ट संयोजक इडि ग्रामरले मिसन हस्पिटल वरपर फोहोर व्यवस्थापन गर्नको लागि यो प्रोजेक्टर आएको बताउनुभयो । यस प्रोजेक्टमा अस्पताल तथा अस्पताल भन्दा बाहिरका होटलहरुबाट निस्कने फाहोर पानीलाई शद्धिकरण गरी पुर्न प्रयोग गर्न सकिने छ । यसरी अस्पताल तथा वरपरका होटलहरुबाट निस्कने फोहोरले पानीलाई दशित बनाउने र त्यही खोलाको पानी मानिसले खादा विरामी पर्ने भएकोले यो प्रविधि ल्याउन लागेको क्लवका पूर्व अध्यक्ष जगन्नाथ अर्यालले बताउनुभयो । यसरी शुद्धिकरण गरेको पानीले मिसन वरपरका मानिसहरुले सिचाइ गर्न,सरसफाई गर्न प्रयोग गर्न सक्ने छन र पानी छानीसके पछि बाकी रहेको फोहोरलाई मल बनाउन सकिने छ ।


अहिले पहिलो चरणमा मिसिन अस्पतालमा यो प्रविधि जडान गर्न दोस्रो चरणमा होटलबाट निस्कने फोहार पानीलाई व्यवस्थित गर्ने र तेस्रो चरणमा पानीको पाइप जडान गर्न वजेट आउने ग्रामरले जानकारी दिनुभयो ।


मिसन अस्पतालकी डाईरेक्टर रचना कारकले यो प्रविधि अस्पताल तथा वरपर आए पछि पानी जन्य रोगबाट धेरै सुरक्षित हुने बताउनुभयो । रोटरी क्लब अफ तानसेन पाल्पा पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले रोटरी क्लबले अफ तानसेन पाल्पाले स्थापना काल देखी पाल्पाको धेरै ठाउँमा सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।


क्लवले मिसन अस्पतालमा ११ लाख लिटर पानीको ट्याकी निर्माण, मोवाइल एक्सरे, वगनासकालीमा गोपाल्दीको खानेपानी आयोजना सहित अहिले तीन ओटा खानेपानी योजना सञ्चालन गरेको पूर्व अध्यक्ष उत्पल कुमार बज्राचार्यले रानीमहलालाई बताउनुभयो । रोटरी क्लब अफ् पाल्पाले विगतमा धेरै ठुला आयोजना सम्पन्न गरेको र अब यो योजनालाई पनि सम्पन्न गर्ने बताउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बज्राचार्यले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update