Erani Mahal
जन उज्ज्वल आधारभूत विद्यालयकाे ५४ औं वार्षिकोत्सव सम्पन्न
87151258_146173269837632_3612658496320831488_n

पाल्पा - पूर्वखोला गाउँपालिका -३ अर्खलडाँडा जन उज्ज्वल आधारभूत बिध्यालयको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापाले उद्घाटन गर्नुभयाे ।

उहाँले शैक्षिक गुरस्तर वृद्धि गर्न गाउँ सरकारले विद्यालय विद्यार्थीहरूकाे पोसाकमा एकरुपता गराउन गाउपलिकाले पोषाकमा अनुदान दियको भावी कार्यक्रमामा दिवा खाजा, बिध्यालयको भवनमा कलरमा एकरुपता लगायत, प्रत्येक आधारभुत बिध्यालयमा इन्टरनेटको पहुँच, सहित शैक्षिक गुरस्तर वृद्धि गर्ने खालका काम गरिरहेकाे बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष थापाले अर्खलडाडा तामाखानीसम्म अबको २ वर्ष भित्रमा बाटो स्तर उन्नती गर्दै बस चल्ने घोषणा समेत गर्नुभयो । उहाँले शैक्षिक गुरस्तर वृद्धि गर्न सबैको जिम्बेवारी गहन हुने भएकाले बालबालिकाको शैक्षिक गुरस्तर वृद्धि गर्न सबै लाग्नु पर्ने भन्दै बिध्यालयको ५४ औं वार्षिक अवसरमा बिध्यालयको उत्तर उत्तर प्रगतिको कामना व्यत्त गर्नुभयो ।

कार्यक्रममा कृषि विशेषज्ञ कमान सिं थापाले बिध्यार्थी उपलब्धी सतर वृद्धि संगै व्यावारिक ज्ञान सिकाउने तवरले अघि बड्नु पर्ने बताउनुभयो । उहाँले पूर्वखोलाको हावापानी र माटो परिक्षण गरेर कृषिका कार्यक्रम हरुमा टेवा पुर्याउन गाउँपालिकालाइ सहयोग प्रधान गरेको पनि बताउनु भयो । बिध्यालयका प्रध्यापक कृष्ण प्रसाद पंगेनीले ६० लाख ३ हजार ६ सय ६६ बराबरको आए व्याय प्रस्तुत गर्नु भयको थियो ।

कार्यक्रममा भानुभत्त माध्यमिक बिध्यालयका प्रअ बिश्णु पाहारी, पूर्व प्र अ केशवराज पंगेनी, अकला आ बि का शिक्षक कृष्ण प्रसाद पंगेनी, जनहित प्रा बिका प्रअ लोक प्रसाद पंगेनी, पूर्व विव्यस अध्यक्ष पूर्ण बहादुर फाल, लगायतले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियाे ।

कार्यक्रममा विव्यसका पूर्व अध्यक्ष पूर्ण बहादुर फाल, भवानी संकर पंगेनी, रिखिराम पंगेनी, गिता काफ्ले, प्रेम नारायण पंगेनी, पूर्व प्र अ केशबराज पंगेनी पूर्व शिक्षक कृष्ण प्रसाद भारती सम्मान गरेको थियो । कार्यक्रममा पुरस्कार वितरण, विध्यार्थिको साकृतिक प्रस्तुती रहेको कार्यक्रमा विध्यालय व्यवस्थपन समिती का सद्स्य हुम बहादुर आलेले याे वर्ष सदाका दिनमा जस्तै खेलकुद कार्यक्रमहरु समाबेश गर्न नसकेको प्रस्ट पार्दै आगामी दिन हरुमा सबैको सहकार्यमा सफल पार्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षक मुत्तिनाथ पंगेनिको स्वागत विद्यालयका शिक्षक छबिलाल पंगेनीको संचालन र विव्यसका जेष्ठ सद्स्य प्रेम नारायण पंगेनीको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update