Erani Mahal
पाल्पा महाेत्सवमा शनिबार पुष्कल शर्मा, धुर्मुस र माग्ने बुढाकाे प्रस्तुती हुने
maxresdefault-1

पाल्पा–पाल्पा महोत्सवको दशौँ दिन शनिबार चर्चित गायक पुष्कल शर्माको प्रस्तुती रहनेछ । शर्मा सहित हास्य कलाकारहरु धुर्मस्, पोखरेली माग्ने बुढाको समेत प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।


शुक्रबार नबौँ दिन अर्थात फागुन ९ गते चर्चित बालकलाकार कमला घिमिरेले आफ्नो प्रस्तुती राखेकी छिन् । उदयीमान कलाकारको रुपमा रहेकी घिमिरेले पाल्पा महोत्सवमा आएका हजारौँ दर्शकलाई नचाइन् ।

उनले चियाँ छानेको लगायतका गीत तथा दोहोरी गीत समेत प्रस्तुत गरेकी थिइन् । शुक्रबार शिवरात्री समेत परेकाले दर्शकको भीड थामिनसक्नु रहेको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update