Erani Mahal
विदेशकाे कमाइलाई कुखुरापालनकाे  आम्दानीले जित्यो !
kukhura

सन्तोष गहतराज पाल्पा– नेपाल एक कृषि प्रदान देश हो । नेपालको तथ्याङक अनुसार अझै पनि ८० प्रतिशत मानिसहरु कृषि पेसामा निर्भर छन । कृषिका लागि नेपालमा चाहिने हावा पानी सहाँउदो छ । हावा,पानी, ठाउँ र माटो अनुसार यहाँका धेरै जिल्लाहरुलाई पकेट क्षेत्रको रुपमा समेत विकसित गरिएको छ । पाल्पा जिल्लालाई पनि कृषिमा धेरै जनघनत्व कृषि पेशामा आत्मनिर्भर रहेको जिल्लाको रुपमा लिन सकिन्छ । पाल्पामा भैगोलिक हिसावले पनि कृषिमा अब्बल जिल्लाको रुपमा परिचित छ ।


यसै समयमा पछिल्लो समयमा विदेश जाने युवाहरुलाई विदेशमा गरिने मिहिनेत नेपालमा नै गर्न सकेका विदेशमा कमाउने रकम नेपालमा नै कमाउन सकिन्छ । भन्ने उदारण बनेका छन मलेसियामा ५ बर्ष साउदी २ बर्ष गरी करिब ७ बर्ष विदेशमा काम गरेर फर्किएका पूर्वखोला गाउँपालिका एक सिलुवाका युवा कृषि जीवन हिस्की । अहिले उनको फर्ममा करिब ७ सय ५० वटा अण्डा दिने लेस जातको कुखुराले भरिएको छ । करिब ५ रोपनी क्षेत्रफलमा फर्म निर्माण गरी हिस्कीले कुखुरा फर्म सञ्चालन गनु भएको छ । अहिले उहाको फममा हर्न जादा जो कोहीको मन केही गरु गरु हन्छ ।


व्यावसायिक रुपमा शुरुमा करिब ६ लाखको लगानीमा फर्म निमार्ण गरेर सञ्चालन गर्नुभएको थियो । अहिले आफनो घर परिवारका सदस्यहरु मिलेर फर्मको सञ्चालन गर्नु भएको छ । अहिले कुखुराले दैनिक रुपमा करिब ७ सय ओटा कुखुराले अण्डा उत्पादन हुने गरेको बताउनुभयो । यसरी कुखुराबाट उत्पादन भएको अण्डा सिलुवा बजारमा खपत हने गरेको बताउनुयो । उहाँले भन्नुभयो अहिले दैनिक रुपमा करिब ७ सय ओटा दैनिक रुपमा अण्डा उत्पादन हन्छ । मैले बिहानमा उठेर दाना पानी हालेर खोर सफा गरे पनि अण्डा बाइकमा राखेर बजारमा लगेर बिक्री गर्छ । यसरी दैनिक रुपमा उत्पादन भएको अण्डाको सिलुवा बजारमा नै विक्री वितरणको लागि बजारको समस्या नरहेको यवा कृषिक हिस्कीले बताउनुभयो ।
अहिले मासिक रुपमा करिब १ लाख सम्म कमाउने गरेको बताउदै बार्षिक रुपमा १५ लाख सम्म कमाउने गरेको बताउनुभयो । व्यवसायिक रुपमा गर्ने हो भने नेपालमा नै आफनो घर परिवार सँग मिलेर काम गर्दा रमाइलो पनि हने दिेशमा कमाउने पैसा नेपालमा नै कमाउन सिकिने भए पछि विदेशीका यवाहरुलाई स्वदेशमा नै केह ीगर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update