Erani Mahal
सानीमा लाइफ इन्स्योरेन्स पाल्पाद्वारा अभिकर्ता भेला
Untitled-1-copy-4

सन्तोष गहतराज पाल्पा– सानीमा लाइफ इन्स्योरेन्स पाल्पा शाखाद्वारा अभिकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि सानीमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक चुडामणी चापागाईले मानिसहरुमा बिमा सम्बन्धी ज्ञानको कमि रहेको बताउनुभयो । यसका लागि सबैले आ आफनो ठाउँबाट बिमाको बारेमा प्रचार प्रसार गर्नु पर्ने बताउनुभयो । पछिल्लो समयमा नेपालमा बिमाका कम्पनीहरु ध्ोरै खलेको बताउदै सानी इन्स्योरेन्स सानीमा बैकको १४ प्रतिशत लगानी रहेकोले सानीमा लाइफ इन्स्योरेन्स विश्वसनीय रहेको बताउनुभयो । अहिले सानीमा लाइफ इन्स्योरेन्सले प्रत्येक घरमा विमाको अभियानका साथ लक्षित वर्गलाई मध्यनजर गदै विमाको अभियानलाई अगाडी बढाएको उहाँले बताउनुभयो ।


कायक्रमका विशिष्ट अतिथि मख्य प्रबन्धक गणेश चौलागाइले अहिले नेपालमा सय प्रतिशतमा बल्ल असी प्रतिशत मानिसले मात्र विमा गरेको बताउदै अबका दिनमा विमा सबै नेपालीले गनु पर्ने बताउनुभयो । विदेशमा बच्चा जन्मने वितिकै अनिवार्य रुपमा विम््मा गनपुर्ने बताउदै अब नेपालमा पनि सबै बच्चाहरु जन्मने वितिकै विमा गरेमा भविष्यमा आइपर्ने समस्याबाट जोखिम बहन गर्न सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा प्रदेश नं ५ का व्यवस्थापक जय देव गौतमले विमा के हो ? विमाले मानिसलाई कसरी सुरक्षित गराउछ ? कसरी काम गर्ने र विमा योजनाको बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा करिब ४० जनाको सहभागिता थियो । कार्यक्रममा उत्कृष्ट्र अगुवा अभिकर्ताहरुलाई सम्मान पनि गरिएको थियो ।


कार्यक्रम पाल्पा शाखाका प्रबन्धक अविरल कुवँर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update