Erani Mahal
पाल्पा महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन
a-d-a

सन्तोष गहतराज पाल्पा– पाल्पा व्यापार संघद्धारा आयोजना गरिएको पाल्पा महोत्सवमा भव्य रुपमा सञ्चालन भइरहेको छ, महोत्सवमा विशेषगरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गरिएको छ, यिनै स्थानीय उत्पादनहरुमा दर्शकको भीड समेत लागेको छ । मेलामा कृषि सम्बन्धी २५ पर्यटन सम्बन्धि १०,घरेल तथा साना उधोगका १० बैक तथा वितिय सस्थाका २० तथा अन्य राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरु रहेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । मेलामा विभिन्न सामानहरुको प्रर्दशनी गरिएको छ । त्यस मध्ये केही परम्परागत शैलीका स्टल तथा प्रर्दशनी पनि गरिएको छ ।


के के छन् महोत्सवमा ???
मेलामा गोरु नारेर पेलेको अर्गानिक खुदो

पछिल्लो समयमा मानिसहरुले मेसिनबाट ऊखुको रस निकाली खुदो चिनी जुस बनाएको समयमा पाल्पा व्यापार मेलामा भने गुल्मीबाट गोरु ल्याई परम्परागत गोरु गमाई त्यसबाट रस निकालेको प्रत्यक्ष रुपमा अवलोकन गर्दै जुस खुदो तथा गुड खान पाइने छ ।


मेलामा कैदीहरुबाट बनाइएका मुढा तथा अन्य सामानहरु
मेलामा पाल्पा कारागारमा रहेका कैदीहरुबाट निर्माण भएका मुढाहरुको पनि प्रर्दशनी रहेको छ । कारागारमा रहेका कैदीहरुले स्थानीय स्तरमा रहेका स्रोत तथा साधनहरुले बनाएको मुढा तथा अन्य औजारहरु पनि देख्न तथा खरिद गर्न सकिन्छ । बलियोको हिसावले यी मुडाहरु बजारमा पाइने मुडाहरु भन्दा बढी बलिया हन्छन ।


लोपउन्मूख बगनासे साँचो
मेलामा विश्वकर्मा कृषि औजार निमार्ण तथा औजारले हातले निमार्ण गरेर बनाएको खोडा,चुलेसो,चुलो,दाजे,हसिया,दाउ वग्नासे चावी, भोल्टे ताल्चा लगाएतका सामानहरुको प्रर्दशनी गरिएको छ । वग्नासे चाँदी पाल्पाको वग्नासकालीमा मात्र उत्पादन हुने र यो चादी सुरक्षाका दृष्टिकोटले पनि बजारमा पाइन चाँदी भन्दा बढी बलियो र देख्दा आर्कषक छ ।


मेलामा ३० बर्ष भित्र माडीको पर्व अनमान नमुना
महोत्सवमा दमकडा माविले बनाएको हिजोको दमकडा कस्तो थियो । आजको कस्तो र भोलीको दमकडाको स्वरुप कलाको माध्यमबाट देखाइएको छ । हिजोको दमकडाको भौगोलिक वातावरण ,अहिलेको वातावरण तथा पर्वाधारको अवस्था तथा भोलीको दमकडाको नमुना मेलामा देख्न सकिन्छ यो पनि मेलाको आकर्षण हो ।


सबै स्थानीय तहका कृषि उपज
मेलामा पाल्पाका दशवटै स्थानीय तहबाट उत्पादन भएका बस्तुहरुको प्रर्दशनी,पाल्पाका घरेलु उधोगको रुपमा बिस्तार भएका फलामका औजार,तरकाली,मौरीका स्टलमा समेत सहभागिको भिड लागेको छ । शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा मेला महोत्सवको सम्भावना भएकोले यो पटक सहर उन्मुख क्षेत्र माडीको दमकडामा पाल्पा महोत्सव गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक एवम पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवी पोखरेलले बताए । मेलाले पछिल्लो समयमा सहरी क्षेत्रमा मानिसहरु बसाईसराई गरिरहेको सन्र्दभमा मानिसलाई यस्तै मेला महोत्सवको माध्यमबाट गाउँ फर्कन उत्प्रेरण मिल्ने पाल्पा व्यापार संघका सचिव परशुराम पौडेलले बताउनुभयो ।


दैनिक सांस्कृतिक कार्यक्रम
महोत्सवमा दैनिक फरक फरक खालका हास्य तथा लोकदोहोरीका कलाकारहरुको सहभागिताले समेत दर्शकमा थप रौनकता बढेको छ जसले गर्दा महोत्सव सोंच भन्दा सफल भएको आयोजकको दावी छ । '

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update