Erani Mahal
पाल्पा महाेत्सवमा भाेलि प्रकाश सपूत र सम्झना लामिछानेमगरकाे प्रस्तुती हुने
maxresdefault

पाल्पा – पाल्पा महोत्सवको छैठौँ दिन अर्थात मंगरबार फागुन ६ गते चर्चित गायक प्रकाश सपूत, लोकदोहारी गायिका सम्झना लामिछानेमगर, बरिष्ठ लोक गायक इन्द्र जिसी लगायतको प्रस्तुती रहनेछ । फागुन ६ गते पाल्पाली दर्शकको माग अनुसार प्रकाश सपूत, सम्झाना लामिछाने लगायतका कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृति उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।

महोत्सवको पाँचौ दिन फागुन ५ गते लोकदोहोरी गायक नारायण लेकाली, रामचन्द्र चन्द, सपना गाहा, हास्य कलाकार विजय बमडेल, कमल भट्टराई, जुम्बा फिटनेस एण्ड डान्स सेन्टर तानसेन, सराई खहरे महिला समूहको रत्यौली प्रस्तुत गरेका थिए । यस्तै विद्यालय स्तरीय नृत्यु प्रतियोगिता समेत भएको सांस्कृतिक उपसमितिका सहसंयोजक लोकेन्द्र थापाले जानकारी दिनुभयो ।

तस्विर : गुगल ।

पाल्पा महोत्सवको पाँचौ दिन पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । फागुन १ गतेदेखि संचालन भएको मेलामा अहिलेसम्म ४२ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले पाँचौ दिन सोमबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो ।

महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । पाल्पाका अधिकांश स्थानीय तहका कृषि र पर्यटनका स्टल रहेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । यस्तै पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका समेत स्टल रहेका छन् । महोत्सवमा मामाथागढीस्थित लघुउद्यम सीप विकास केन्द्रले तयार गरेको, स्वीटर, टोपी, मफलर, रुमालको समेत स्टल राखिएको छ । यस्तै बगनासकाली चिलाङ्दीमा खुमबहादुर विकले तयार पार्नुभएको फलामका हसिया, मकै छोडाउने मेसिन, दतिया, खुकुरी, ताउलोलगायतका सामग्री समेत आकर्षक बनेका छन् ।

दमकडा र रिभर भ्याली बोर्डिङ् स्कुलले तयार गरेका भावी माडी उपत्यकाको सामग्री, मदनपोखराका किसान तथा कृषि सहकारी संस्थाले राखेका कृषि सम्बन्धी स्टल, मौरीको गोलासहितको स्टल, निस्दी काउलेडाँडामा उत्पादित अम्रिसोको कुचो समेत स्टलमा राखिएको स्टल संयोजक ढकालले जानकारी दिनुभयो । मेलामा अहिलेसम्म एक करोड ७० लाखको कारोबार भएको आर्थिक संयोजक विष्णु खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update