Erani Mahal
पाल्पा महाेत्सवमा आज ज्याेति मगर लगायतका कलाकारकाे प्रस्तुती रहने
unnamed

पाल्पा – दमकडामा जारी पाल्पा महोत्सवपको आज तेस्रो दिन चर्चित गायिका ज्योति मगरको प्रस्तुती हुने भएको छ । मेला आयोजकका अनुसार शनिबार आज गायिका ज्योति मगरसहित लोकपप गायक अर्जुन कौशल, लोकदोहोरी गायक मोहन खड्का, पाल्पा लोक आइडल धनमाया दिशुवामगरको समेत प्रस्तुती रहनेछ ।

यस्तै हास्य कलाकार नारायण खड्का, दमकडा समूहको झ्यारे, शौभाम्य कला केन्द्र चिदीपानी र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक प्रस्तुती हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वजर गैरेले जानकारी दिनुभयो ।


पाल्पा व्यापार संघद्वारा आयोजित पाल्पा महोत्सवको दोस्रो दिन शुक्रबार भने चर्चित लोक तथा दोहोरी गायक तेजस रेग्मी, हास्य कलाकार विष्णु जी पाण्डेय (माइला बा), दोहोरी गायिका रेखा बुढाथोकी र आधुनिक गायिका जमुना बिसी, लोक गायक सुमन गैरेले प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा छमछम कला केन्द्र, साइनिङ् स्टार डान्स एकाडेमीको नृत्य तथा कर्णाधार माध्यमिक विद्यालय र विक्रम आधारभूत विद्यालयको नृत्य प्रस्तुत गरिएको सांस्कृतिक उपसमितिका सहसंयोजक लोकेन्द्र थापाले जानकारी दिनुभयो । दोस्रो दिन ५ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update