Erani Mahal
दाेभानमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न
86369430_2487545978227318_3159240933480857600_n

पाल्पा - बाल संरक्षण समिति तिनाउले आयाेजना गरेकाे गाउँपालिका स्तरको आधारभूत तहकाे गायन तथा नृत्य प्रतियोगितामा दाेभान मावि प्रथम भएको छ । जसमा मस्याम मावि द्वतीय , भुमिसला आधारभूत विद्यालय तृतीय र कालिका आधारभूत विद्यालय सान्त्वना भएका छन्।

कुलचन्द्र पुरीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बाल संरक्षण समितिकाे संयाेजक राेम बहादुर लम्तरी प्रमुख अतिथि रहनुभएकाे थियाे ।

वडा २ का वडा अध्यक्ष राजेश श्रेष्ठ र वडा नं ३ का वडा अध्यक्ष प्रेम पाण्डे विशिष्ट अतिथि थिए।कलाकार सायर केसी मुख्य निर्णायक रहनुभएकाे थियाे । दाेभान माविमा सञ्चालित उक्त प्रतियोगिताका सञ्चालक तारा बस्यालले गर्नुभयाे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update