Erani Mahal
फागुन १५ देखि निस्दी महोत्सव हुने
86627729_298670491106933_1327205066955816960_n

पाल्पा- " निस्दीको सान , सुखी सम्वृद्द निस्दी हाम्रो अभियान " भन्ने मुल नाराका साथ प्रथम निस्दी महोत्सव -२०७६ हुने भएको छ।

परिवर्तनको लागि युवा निस्दी-४ मित्यालको आयोजना तथा निस्दी गाउँपालिका पाल्पाको सह आयोजनामा आगामी फागुन १५ १६ र १७ गते महोत्सव हुने मुल आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताउनुभयो ।

मित्यालको झ्यालतुङ खेल मैदानमा हुने प्रथम निस्दी महोत्सवमा निस्दी गाउँपालिका भित्र रहेका सातै वडाको झाँकी नाच पर्दर्शन , राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति , साँस्कृतिक कार्यक्रम , मगरी खानाको परिकार रहने आयोजक समितिका सल्लाहकार कुशल अर्यालले जानकारी दिनुभएको छ।

महोत्सवले नेपाल पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउनुका साथै निस्दीको पर्यटन प्रवर्द्धन , मगर जातिको झाँकी नाच संरक्षण तथा प्रचारप्रसार हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update