Erani Mahal
पर्यटन महोत्सवलाई सफल पार्न काठमाडौंमा बृहत् छलफल
55-1

पाल्पा - आगामी फागुन २४ देखि शुरु हुने पर्यटन महोत्सबलाई सफल बनाउन काठमाडौमा रहनुभएका कालीगण्डकी क्षेत्रका नागरिक संग बृहत् छलफल तथा अन्तरक्रिया कार्यकम काठमाडौमा भएको छ ।

भिजिट नेपाल २०२० को अबसरमा पर्यटनको संभावना बोकेको कालीगण्डकी उपत्यकामा पर्यटन विकासका लागि नियमित रुपमा संचालन गर्न लागिएको र्‍याफि्टङ र प्याराग्ल्याइडिङ तथा विभिन्न समुदायको झाकी सहित गर्न आटिएको महोत्सवलाई व्यबस्थित बनाउन पेसा व्यबसायमा आवद्ध काठमाडौमा बस्ने स्थानियहरुको रायसुझाब सहितको छ्लफल भएको हो ।

रामपुर नगर पर्यटन प्रर्बद्धन समितिका संयोजक तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नियमित पर्यटकलाई कालीगण्डकी उपत्यकामा भि¥याउन त्यसभेगका ४ जिल्ला मिलेर जानुपर्ने बताउदै यसकै लागि समय समयमा अन्य पालिका संगको समन्वयमा कार्यक्रम गरिएको बताउनुभयो । हामीसँग कालीगण्डकी नदीमा ¥याफ्टिङ, अग्ला डाँडाबाट प्याराग्लाइडिङ र घुम्न लायक दर्जनौं स्थल छ त्यसकारण यस उपत्यकाको विकासको खुड्किलो पर्यटन भएकाले पर्यटनका गतिविधिमा एक भएर लाग्नुपर्ने उहाको भनाई थियो ।

पर्यटन भ्रमण बर्षलाई प्राथमिकता दिदै उहाँले आगामी फागुन २४ देखि साताव्यापी पर्यटन महोत्सव गर्न लागेको जनाउदै कालीगण्डकी नदीमा ¥याफ्टिङ, प्याराग्लाइडिङ, जातजाति भेषभुषा र कला संस्कृति झल्कने झाँकी, पर्यटकीय दर्जनौं स्थलको अबलोकनको प्याकेज र रामपुरमा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वलाई समापनका अबसरमा सम्मान कार्यक्रम तय गर्को जानकारी दिनुभयो ।

रामपुर नगरको समृद्धि पर्यटनबाट गर्न सकिने हुदा पर्यटन महोत्सवले यस्ता अभियानलाई सफल बनाउन सार्थक हुने बताउदै प्रचारात्मक छलफल तथा ब्रुसर, ब्यानरका कार्यक्रम देशका विभिन्न ठुला शहरमा गरिने जानकारी दिनुभयो । रामपुर नगरपालिकाले विभिन्न क्षेत्रबाट ११ सदस्यीय नगर पर्यटन प्रर्वद्धन समिति गठन गरेर पर्यटकीय गतिविधिलाई बढाएको छ ।

अन्तरक्रियामा बोल्दै रामपुर नगरपालिकाका सल्लाहाकार विजयराज घिमिरेले पर्यटकीय तिर्थस्थल र संभावनालाई आत्मसाथ दिदै गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । बृहत नागरिकलाई जुटाउन र रमाइलो बनाउदै अपार संभावनालाई सार्थकता एकताले दिने बताउदै रामपुरको विकासमा एक भएर लाग्न आग्रह गर्नुभयो ।

कर्मचारी, पेशा व्यबसाय, उच्च शिक्षाको सिलसिलामा काठमाडौमा रहनुभएका झण्डै २ दर्जन बढी सहभागीले भिजिट नेपाल २०२० र नियमित पर्यटनका बिषयमा गर्ने कार्यक्रम, संरचना र नमुना कार्यमा लागेर पर्यटकलाई घुम्न, भुलाउन सकिने आधारलाई मजबुत र व्यबस्थित गरेर अगाडी बढ्दै पर्यटनबाट समृद्धि ल्याउन सकिने बताउनुभयो ।

एक हप्ते पर्यटन महोत्सबमा आफू सहभागी हुने र अरु साथीलाई सहभागी गराउन तत्पर हुने र यसका लागि नियमित समन्वय बढाउदै जाने उपस्थित सहभागीले जनाएका छन् । आ-आफ्नो क्षेत्रका साथीहरु र बाह्य पर्यटकलाई भित्र्‍याउन सबै लाग्ने जनाएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update