Erani Mahal
आर्दश आवि तिनाउँ दोभानको ४९ औं वार्षिकउत्सव सम्पन्न
a-d

पाल्पा– आर्दश आधारभूत विद्यालय तिनाउँ तीन दोभान पाल्पाको ४९ औं वार्षिक उत्सव तथा शिक्षक अभिभावक भेला सम्पन्न भएको छ ।


तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न महानुभावहरुको सहभागिता रहेको थियो ।


प्रमुख अतिथि घर्तीले शिक्षाको गुणस्तर सुधार गर्न आधुनिक प्रविधि र शैक्षिक सामग्रीको प्रयोग गर्नुपर्ने बताउनुभयो । आधुनिक शैक्षिक विकासका लागि गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले विद्यालयमा विद्यार्थी संख्या र शैक्षिक विकासमा अभिभावहरु समेत सजग हुनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष प्रेम पाण्डे, कार्यपालिका सदस्य पम्फा मगर, तिलोत्तमा माविका शिक्षक शिव पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष गुरु प्रसाद शर्मा लगायतले विद्यालयको प्रगतिको लागि शुभकामना दिनुभयो ।


प्रअ नमबहादुर तरामीले ४५ लाख ७२ हजार बराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो । शिक्षक ओमबहादुर सारु, धनबहादुर चौहान र नमबहादुर तरामीलाई उत्कृष्ठ काम गरेको भन्दै वार्षिकउत्सवको अवसमा सम्मान समेत गरिएको थियो ।


शिक्षक प्रदिप तिमिल्सेनाको संचालनमा भएको कार्यक्रम विद्यालष् व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर मगरको अध्यक्षतामा भएको थियो । विद्यालयमा अहिले कक्षा ८ सम्म गरेर १ सय ४८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update