Erani Mahal
कांग्रेस नेतामाथि लागेकाे भ्रष्टाचारकाे अभियाेग झुठाे : तरूण दल पाल्पा
Bijay_Kumar_Gachedar

पाल्पा - नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल पाल्पाले विजयकुमार गच्छादार भ्रष्टाचारी नभएकाे दावी गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधबाट भ्रष्टाचारी भनिएकाे तरूण दलकाे भनाइ छ ।

तरूण दलका जिल्ला सभापति र सचिवले आइतबार निकालेकाे विज्ञप्तिमा राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढङ्गले लगाइएको भ्रष्टाचारको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिहरुलाई जोगाउदै केहीलाई मुद्दा दायर गर्नु दुखद् भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update