Erani Mahal
त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा कार्यपत्र प्रस्तुत
IMG_8837-1

पाल्पा – त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातकोत्तर तह चौथो र दोस्रो सेमेस्टर अध्ययनरत विद्यार्थी अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरेका छन् । नवलपुर जिल्ला कावासोती नगरपालिका–५, अमलटाँरीका थारु, बोटे र मुसर जातिको सामाजिक, साँस्कृतिक एवम् आर्थिक अवस्थामा होमस्टेको प्रभाव सम्वन्धि स्थलगत अध्ययन अनुसन्धान गरी विद्यार्थीहरुले समुहगत रुपमा अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका हुन । चार ओटा समुहले प्रतिवेदन सावर्जनिक गरेको थियो ।

चौथो सेमेस्टरका योगमाया गाहा, डिल्लीराज गैरे, दोस्रो सेमेस्टरका निर्प परियार, ओमप्रकाश बस्याल, गंगा खत्री लगायतले अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरेका हुन । आर्थिक रुपमा विपन्न समुदायमा विस २०७० साल पछि होमस्टे स्थापना पछि आर्थिक, सामाजिक, साँस्कतिक तथा शौक्षिक रुपमा थारु, बोटे र मुसर समुदायमा ठूलो परिर्वतन देखिएको अनुसन्धानमुलक कार्यपत्रको निचोड थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख जीवन वहादुर थापाले समाजशास्त्रका विषयहरुले नमुना अरु संकायका विद्यालर्थीहरुले अनुशरण गर्न आवश्यक रहेको बताउनुभयो । क्याम्पस सधै विद्यार्थीहरुको रचनात्मक क्रियाकलाप हेर्न चाहेको उहाँले बताउनुभयो ।

सहयाक क्याम्पस प्रमुख कृष्ण कार्की समाजशास्त्रका विद्यार्थीहरुले समाज अध्ययन गरी रुपान्तरण गर्ने जिम्मा समेत रहेको बताउनुभयो । समाजशास्त्र विभागका प्रमुख टेकराज पन्थीले समाजशास्त्रका विद्यार्थीले समाजको अध्ययन गरी समाजलाई रुपान्तरण गर्न ठुलो जिम्मेवारी रहेको बताउनुभयो । समाज परिवर्तनको अगुवाई नै समाजशास्त्री रहेको बताउनुभयो । कार्यक्रम प्रेम खरालको अध्यक्षमा र नेत्र बस्यालको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update