Erani Mahal
तिनाउँ कोल्डाँडामा ३५ जना किसानले लिए बेमौसमी तरकारी खेती तालिम
t-4

पाल्पा– जिल्लाको तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाँडामा तीनदिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिइएको छ ।


मेरो माइक्रो फाइनान्सको शाखा तेल्घाको आर्थिक तथा तिनाउँ गाउँपालिका कृषि शाखाको प्राविधिक सहयोगमा तालिम दिइएको हो ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले सिद्दार्थ राजमार्ग बुटवल र तानसेनको बीचमा पर्ने कोल्डाँडाको किसानलाई बेमौसमी तरकारी खेतीबाट आय आर्जन विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँपालिकाले किसानलाई तालिम र अनुदानको समेत व्यवस्था गरेकाले व्यवसायिक कृषक बन्नुपर्ने रानीमहललाई बताउनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष दलबहादुर दर्लामी, लघुवित्त शाखाका प्रमुख सुमन कुमार खड्का, केन्द्रीय प्रतिनिधि इश्वर आचार्य लगायतले बेमौसमी तरकारी खेती गरेर वेसिजनमा समेत आर्थिक उर्पाजन हुने बताउनुभयो ।


लघुवित्त शाखा प्रमुख सुमन कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम कृषि प्राविधिक किशोर खनालले संचालन गर्नुभएको थियो ।


तालिममा गाउँपालिकाका प्राविधिक किशोर खनाल र हेमन्त शर्माले गर्नुभएको थियो । तालिममा ३५ जना किसानहरुले तरकारीको खेती, मलखाद व्यवस्थापन, बेमौसमी खेतीका विधि, उत्पादन, बजार लगायतका विषयमा तालिम लिएको प्रमुख ओमबहादुर घर्तीले रानीमहललाई बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update